रु एक करोडभन्दा बढीमा ठेक्का लाग्यो बागवानीको आँप

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ८, २०८०
|
|
५५ पटक हेरिएको
Shares
रु एक करोडभन्दा बढीमा ठेक्का लाग्यो बागवानीको आँप

सारांश

  • सर्लाही ।
  • सर्लाही लालबन्दी नगरपालिका–१ स्थित नवलपुरकोे उष्ण प्रदेशीय बागवानी केन्द्रले यसवर्ष रु एक करोड ११ लाख ६० हजारमा आँप ठेक्का लगाएको छ ।
  • केन्द्रका निमित्त प्रमुख रामकुमार यादवले यसवर्ष विगतको तुलनामा धेरै आँप फलेकाले सबैभन्दा बढी रकममा आँप ठेक्का लागेको बताए ।

सर्लाही । सर्लाही लालबन्दी नगरपालिका–१ स्थित नवलपुरकोे उष्ण प्रदेशीय बागवानी केन्द्रले यसवर्ष रु एक करोड ११ लाख ६० हजारमा आँप ठेक्का लगाएको छ ।

केन्द्रका निमित्त प्रमुख रामकुमार यादवले यसवर्ष विगतको तुलनामा धेरै आँप फलेकाले सबैभन्दा बढी रकममा आँप ठेक्का लागेको बताए ।

करिब तीन सय बिघा क्षेत्रफलमा फैलिएको बागवानी केन्द्रमा छ हजार आँप र छ सय २१ लिचीका बोट छन् । यहाँ ३५ जातका आँप र आठ जातका लिचीका बोट छन् ।

बगैँचामा भारतमा पाइने बम्बई, मालदह, दसहरी, अम्रपालि, कलकतिया, निलम, मलिका, सुकतारा, सिपिया, कृष्णभोग र जर्दा जातका आँप छन् भने पाकिस्तानमा पाइने अमनदसहरी, फजिली, अनबरतौल, नुरजाहा र अबेहयात जातका आँपका बोट छन् ।

साथै थाइल्याण्डमा पाइने डकमाइ र अमेरिकामा पाइने हेडेन तथा केन्ट जातका आँप पनि छन् भने अर्लीलार्ज रेड, शाही, मुज्फरपुर, सिडलेस, मैक्लिन, बम्बई, कलकतिया र चाइन गरी आठ प्रजातिका लिचीका बोट छन् ।

यस वर्षका लागि लिची रु १२ लाख १८ हजारमा ठेक्का लगाइसकेको केन्द्रका निमित्त प्रमुख यादवले बताए ।“केन्द्रमा यसवर्ष विगतका तुलनामा आँप धेरै फले पनि लिची भने कम फलेको तर लिचीमा पनि विगतको तुलनामा बढी रकममा ठेक्का लागेको छ”, उनले भने ।

यसवर्ष आँपमा औषधि तथा विषादी छर्कनका लागि करिब रु २४ लाख खर्च गरी आधुनिक मेसिनसमेत खरिद गरेर ल्याइएको केन्द्रले जनाएको छ । जमिनबाट ६० फिट उचाइसम्म सजिलै विषादी छर्न सकिने यो मेसिन नेपालमै पहिलो पटक प्रयोग भइरहेको केन्द्र प्रमुख यादवले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनादेशलाई कदर गर्दै अगाडि बढ्ने एमाले सचिवालय बैठकको निर्णय
जनादेशलाई कदर गर्दै अगाडि बढ्ने एमाले सचिवालय बैठकको निर्णय
रविमाथिको अनुसन्धान प्रभावित गर्नेगरी प्रचण्ड बोल्नु दुर्भाग्यपूर्ण : गृहमन्त्री
रविमाथिको अनुसन्धान प्रभावित गर्नेगरी प्रचण्ड बोल्नु दुर्भाग्यपूर्ण : गृहमन्त्री
अदालतको आदेश विपरित इँटा उत्पादन
अदालतको आदेश विपरित इँटा उत्पादन
देउवा पत्नी आरजुलाई करोडौ बुझाउने कांग्रेस सांसदको कन्ट्रक्सन ओली सरकारको कालो सुचीमा
देउवा पत्नी आरजुलाई करोडौ बुझाउने कांग्रेस सांसदको कन्ट्रक्सन ओली सरकारको कालो सुचीमा
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त
नेपालकाे ब्याटिङ प्रशिक्षकका रुपमा भारतिय पूर्व खेलाडी देसाई !
नेपालकाे ब्याटिङ प्रशिक्षकका रुपमा भारतिय पूर्व खेलाडी देसाई !
मतदान गरेर घर फर्किंदै गर्दा मृत्युु
मतदान गरेर घर फर्किंदै गर्दा मृत्युु
पाण्डेको खुलासा: सर्वसम्मतको प्रस्ताव आएपछि आफ्नो नेतृत्वको प्यानल घोषणा रोकियो
पाण्डेको खुलासा: सर्वसम्मतको प्रस्ताव आएपछि आफ्नो नेतृत्वको प्यानल घोषणा रोकियो
नेपालसँग मलेशिया पराजित
नेपालसँग मलेशिया पराजित
स्थानीय तह निर्वाचनमा थोरै मत अन्तरले जित्ने भागयमानी हरु को को ? हेर्नुहोस नाम लिस्ट
स्थानीय तह निर्वाचनमा थोरै मत अन्तरले जित्ने भागयमानी हरु को को ? हेर्नुहोस नाम लिस्ट