राष्ट्रपति भण्डारीबाट दुबई वाटर क्यानलको अवलोकन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ३०, २०७४
|
|
१६ पटक हेरिएको
Shares
राष्ट्रपति भण्डारीबाट दुबई वाटर क्यानलको अवलोकन

सारांश

  • दुबई, ३० कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दुबई वाटर क्यानलको अवलोकन गर्नुभयो ।
  • मानव निर्मित उक्त दुबई वाटर क्यानल (नहर) पुग्दा युएईका शिष्टाचार अधिकारीहरूले उहाँलाई दुबई क्यानल म्यारिनमा स्वागत गर्नुभएको थियो ।
  • सन् २०१३ मा खुला गरिएको तथा सन् २०१६ को नोभेम्बर ९ मा उद्घाटन भएको र दुबईको बजार केन्द्र, चार होटेल, ४५० रेस्टुराँ, उच्चस्तरीय हाउजिङ भएर बग्ने उक्त क्यानलमा पैदल तथा साइकल मार्ग पनि छन् ।

दुबई, ३० कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दुबई वाटर क्यानलको अवलोकन गर्नुभयो ।

मानव निर्मित उक्त दुबई वाटर क्यानल (नहर) पुग्दा युएईका शिष्टाचार अधिकारीहरूले उहाँलाई दुबई क्यानल म्यारिनमा स्वागत गर्नुभएको थियो ।

सन् २०१३ मा खुला गरिएको तथा सन् २०१६ को नोभेम्बर ९ मा उद्घाटन भएको र दुबईको बजार केन्द्र, चार होटेल, ४५० रेस्टुराँ, उच्चस्तरीय हाउजिङ भएर बग्ने उक्त क्यानलमा पैदल तथा साइकल मार्ग पनि छन् ।

यस क्यानलको चौडाइ ८० देखि १२० मिटरसम्मको छ र यो छ मिटर गहिराइको छ । आठ मिटर अग्लो पुल भएर बग्ने गरी यस क्यानलको संरचना तयार गरिएको छ । यस क्यानलले करिब ८० हजार वर्गमिटर क्षेत्र ओगटेको छ र यसले निजी जहाज तथा डुंगालाई व्यवसाय दिएको छ ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीका साथ आपूर्तिमन्त्री जयन्त चन्द, नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत सइद हमदन अलनक्वी, युएईका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन, राष्ट्रपति भण्डारीकी छोरी निशाकुसुम भण्डारीका साथै भ्रमण टोलीका अन्य सदस्यहरु पनि सहभागी हुनुहुन्थ्यो ।

(https://www.newslive.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?