नगरपालिकाद्वारा आठ सेवा निःशुल्क

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २५, २०७५
|
|
२७ पटक हेरिएको
Shares
नगरपालिकाद्वारा आठ सेवा निःशुल्क

सारांश

  • राजविराज, २५ भदौ ।
  • सबैतिर कर वृद्धि भएको गुनासो आइरहेका बेला सप्तरीको बोदेबरसाइन नगरपालिकाले कुनै पनि शीर्षकमा करको दरमा वृद्धि नगरेको जनाएको छ ।
  • जनतालाई सहुलियत हुने गरि विभिन्न आठ शीर्षकमा कायम गरिएको कर मिनाहासमेत गरेको नगरप्रमुख आतेशकुमार सिंहले बताउनुभयो ।

राजविराज, २५ भदौ । सबैतिर कर वृद्धि भएको गुनासो आइरहेका बेला सप्तरीको बोदेबरसाइन नगरपालिकाले कुनै पनि शीर्षकमा करको दरमा वृद्धि नगरेको जनाएको छ ।जनतालाई सहुलियत हुने गरि विभिन्न आठ शीर्षकमा कायम गरिएको कर मिनाहासमेत गरेको नगरप्रमुख आतेशकुमार सिंहले बताउनुभयो ।

यसअघि नगरपालिकाले कायम गरेको केही शीर्षकको कर बढी भएको सेवाग्राहीबाट गुनासो आउन थालेपछि कार्यपालिकाको बैठकबाट छलफल गरी कर दर रेटमा संशोधनसहित आठ शीर्षकको कर मिनाहा गरी निःशुल्क गरिएको प्रमुख सिंहले जानकारी दिनुभयो ।नगरपालिकाले जारी गरेको सूचनामा नागरिकता प्रमाणपत्र सिफारिश, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता, सम्बन्धबिच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृत्ति सिफारिश र स्वास्थ्यसम्बन्धी सिफारिश सेवा निःशुल्क गरिएको उल्लेख गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?