दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १०, २०८०
|
|
५७ पटक हेरिएको
Shares
दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु

सारांश

  • देउखुरी ।
  • दाङमा पछिल्लो पाँच वर्षमा डुबेर ज्यान गुमाउनेको सङ्ख्या बढ्दो रहेको छ ।
  • जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङले दिएको तथ्याङ्कानुसार जिल्लामा डुबेर मृत्यु हुनेको सङ्ख्या दुई सय २८ रहेको छ ।

देउखुरी । दाङमा पछिल्लो पाँच वर्षमा डुबेर ज्यान गुमाउनेको सङ्ख्या बढ्दो रहेको छ । जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङले दिएको तथ्याङ्कानुसार जिल्लामा डुबेर मृत्यु हुनेको सङ्ख्या दुई सय २८ रहेको छ । यसमा एक सय ७४ पुरुष र ५४ महिला छन् । डुबेर मृत्यु हुनेमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिकाअन्तर्गत छन् । तथ्याङ्कानुसार पछिल्लो पाँच वर्षमा घोराहीका ७१, तुलसीपुरका ४५, लमहीका ३१, राप्तीका २२, गढवाका १६ जनाको मृत्यु भएको छ । यसैगरी बबईका नौ, दङ्गीशरणका आठ, शान्तिनगर र राजपुरका समान पाँच–पाँच, बङ्गलाचुलीका तीन तथा जिल्ला बाहिरका १६ व्यक्तिको डुबेर मृत्यु भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार जिल्लामा आव २०७९÷८० मा ४५ जनाको जिल्लाका विभिन्न स्थानमा डुबेर मृत्यु भएको छ । आव २०७८÷७९ मा ६३ जना, आव २०७७÷७८ मा ५५, आव २०७६÷७७ मा ३७ र आव २०७५÷७६ मा २९ जनाको डुबेर मृत्यु भएको तथ्याङ्क छ ।

डुबेर ज्यान गुमाउनेमा २० वर्षमुनिका ८५ जना रहेका छन् । प्रमुख जिल्ला अधिकारी वैद्यले १३ महिनाकी शिशुदेखि ८० वर्षमा वृद्धसम्मका रहेका जानकारी दिनुभयो । घोराही–९ की १३ महिनाकी शिशुको २०७८ फागुन २२ गते घर अगाडि राखेको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको थियो भने बङ्गलाचुली गाउँपालिका वडा नं ७ का ८० वर्षीय दयाराम बुढामगरको २०७९ असोज २१ गते खोला तर्ने क्रममा चिप्लेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङले डुबेर भएका मृत्युमध्ये अधिकांश लापरवाहीका कारण भएको जनाएको छ । पानीसँगको खेलवाड गर्दा कतिपय घटना बगाएर, कतिपय घटना पौडिन नजान्दा तथा कतिपय घटना भवितव्यका कारण भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो । “केही घटना पानीमा हामफालेर आत्महत्या गरेका पनि छन् तर अधिकांश डुबेर मरेका घटनाको अनुसन्धान गर्दा लापरवाहीका कारण भएको देखिएको छ”, उहाँले भन्नुभयो, “पानी र आगोसँग कहिले खेलवाड गर्नु हुँदैन भन्ने जान्दाजान्दै केही हुँदैन भनेर आफैँले ज्यान गुमाएको अवस्था छ ।”

जिल्लाको भौगोलिक अवस्था तथा वर्षाका समयमा सावधानी नअपनाउँदा पनि बगाएर वा डुबेर मृत्यु भएका जिल्ला प्रहरी नायब उपरीक्षक प्रहरी प्रवक्ता राजनकुमार गौतमले बताउनुभयो । साथीभाइसँग लहैलहैमा लागेर खोला नदीमा गएर नुहाउन खोज्दा धेरैजसो युवाले पौडिन नजानेरै ज्यान गुमाएका छन् । उहाँले भन्नुभयो, “डुबेर अकालमा ज्यान गुमाउने युवाको सङ्ख्या जिल्लामा धेरै छ । युवा जोश देखाउँदै लापरवाहीले नै अन्तिममा ज्यान फाल्न बाध्य भएका घटना छन् ।” खोलानाला तर्दा होस् या पानीको काम गर्दा निकै सावधानी अपनाउनुपर्ने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेताहरुले भाषण मात्रै गर्ने र कर्मचारीले तलव मात्रै पकाउने प्रवृत्तिको अन्त गरिनुपर्छ:  मुख्यमन्त्री शाही
नेताहरुले भाषण मात्रै गर्ने र कर्मचारीले तलव मात्रै पकाउने प्रवृत्तिको अन्त गरिनुपर्छ: मुख्यमन्त्री शाही
एमाले र माओवादी केन्द्रका अध्यक्षद्वय ओली र प्रचण्डबीच पार्टी एकताको सहमति
एमाले र माओवादी केन्द्रका अध्यक्षद्वय ओली र प्रचण्डबीच पार्टी एकताको सहमति
बूढानीलकण्ठमा एमालेको अग्रता
बूढानीलकण्ठमा एमालेको अग्रता
‘नागरिकता विधेयक ल्याएर नागरिकताको समस्या समाधान गर्नुपर्ने’
‘नागरिकता विधेयक ल्याएर नागरिकताको समस्या समाधान गर्नुपर्ने’
‘समग्र विकासका लागि तिनै तहमा कम्युनिष्ट सरकार आवश्यक छ’– नेता पोखरेल
‘समग्र विकासका लागि तिनै तहमा कम्युनिष्ट सरकार आवश्यक छ’– नेता पोखरेल
जिपले मोटरसाइकल ठक्कर दिंदा २ जना युवाको मृत्यु
जिपले मोटरसाइकल ठक्कर दिंदा २ जना युवाको मृत्यु
एमालेले आयोगमा दल दर्ताको निवेदन दिने
एमालेले आयोगमा दल दर्ताको निवेदन दिने
रहस्यमय बन्दै सुन तस्कर प्रकरण : पक्राउ पर्न थाले प्रहरीकै उच्च अधिकारी !
रहस्यमय बन्दै सुन तस्कर प्रकरण : पक्राउ पर्न थाले प्रहरीकै उच्च अधिकारी !
बाँदर र कुकुरको मित्रता देख्दा स्वयम्भु पुग्ने चकित (फोटो फिचर)
बाँदर र कुकुरको मित्रता देख्दा स्वयम्भु पुग्ने चकित (फोटो फिचर)
विना मगर काँग्रेस उम्मेदवार भन्दा दोब्बर मतले अगाडि
विना मगर काँग्रेस उम्मेदवार भन्दा दोब्बर मतले अगाडि