यसरी भत्कियो गठबन्धन

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ११, २०७९
|
|
२३ पटक हेरिएको
Shares
यसरी भत्कियो गठबन्धन

सारांश

  • काठमाडौं।
  • सत्तारूढ गठबन्धनभित्र राष्ट्रपति र प्रधानमन्त्री मुख्य दुई पदमा गाँठो थियो।
  • राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा नेपाली कांग्रेसले अडान राख्यो ।

काठमाडौं। सत्तारूढ गठबन्धनभित्र राष्ट्रपति र प्रधानमन्त्री मुख्य दुई पदमा गाँठो थियो। राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा नेपाली कांग्रेसले अडान राख्यो । नेकपा माओवादी केन्द्र राष्ट्रपति छाडेर प्रधानमन्त्री लिन मन्जुर थियो । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले बरु राष्ट्रपति छाड्ने तर प्रधानमन्त्री कुनै हालतमा नछाड्ने हठ लिए । आइतबार बिहानै सोही सन्देशसहित देउवाले नेता विमलेन्द्र निधिलाई दूत बनाउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पठाए ।

तर, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला प्रधानमन्त्री प्रचण्डलाई नै बनाउन तयार थिए । सोही आशयसहित पौडेल र प्रचण्डबीच संवाद पनि चलिरहेकै थियो । प्रचण्ड राष्ट्रपतिसहित सभामुख पनि कांग्रेसलाई छाड्न तयार बनिसकेका थिए ।

शनिबार बालुवाटारमा भएको गठबन्धन बैठकमा कांग्रेस सभापति देउवाले प्रधानमन्त्री कुनै हालतमा नछाड्ने भन्दै राष्ट्रपतिमा माधव नेपाललाई प्रस्ताव गरे । सहमतिको वातावरण त्यहीँबाट भाँडियो । प्रचण्ड देउवाप्रति सशंकित हुँदै रुष्ट बने ।

कांग्रेस नेता पौडेल भन्छन्, ‘राष्ट्रपति र सभामुख छाड्न प्रचण्ड तयार थिए, देउवा प्रधानमन्त्री छाड्न तयार भएनन्, उनले माधव नेपाललाई राष्ट्रपति बनाउने विषय ल्याए, अवस्था बिग्रियो ।’

आइतबार पनि गठबन्धनमा सहमतिका लागि प्रयास भए । निधिसँगको भेटपछि प्रचण्ड आफैं देउवालाई भेट्न बालुवाटार पुगे । तर, देउवा टसमस भएनन् । र प्रचण्ड बालुवाटारबाट निस्किएर बालकोट हानिए ।

प्रचण्डको बालकोट प्रवेशसँगै सत्ता गठबन्धन भत्कियो । र देशमा नयाँ राजनीतिक समीकरण बन्दै सात दल र तीन स्वतन्त्र सांसद गरी १ सय ६९ जनाको समर्थन प्राप्त गर्दै प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भए । कांग्रेस र नेकपा माओवादी केन्द्रले पहिलो चरणमा प्रधानमन्त्रीमा आआफ्नो दाबी नछाड्दा गठबन्धन भत्कियो । मुलुकमा बनेको नयाँ राजनीतिक समीकरणसँगै कांग्रेस प्रमुख प्रतिपक्षी दलको हैसियतमा पुगेको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    binance

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

    Comment Author

    binance Kontoerstellung

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?