आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ६, २०८१
|
|
३२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
  • हाल कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ।

काठमाडौं। हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

हाल कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै मधेश प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

त्यस्तै आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सूर्यविनायकको अर्धवार्षिक आम्दानी रु ८३ करोड
सूर्यविनायकको अर्धवार्षिक आम्दानी रु ८३ करोड
राप्रपाद्वारा केन्द्रीय पदाधिकारी बैठक आह्वान
राप्रपाद्वारा केन्द्रीय पदाधिकारी बैठक आह्वान
नागरिकता विधेयकमा जबरजस्ती राम्रो हुँदैन-प्रदीप ज्ञवाली
नागरिकता विधेयकमा जबरजस्ती राम्रो हुँदैन-प्रदीप ज्ञवाली
प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त
प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त
बेनी अस्पतालमा अख्तियारको छापा
बेनी अस्पतालमा अख्तियारको छापा
विश्व विजेता फ्रान्सको सहज जित, यूरो छनोटको शीर्ष स्थानमा
विश्व विजेता फ्रान्सको सहज जित, यूरो छनोटको शीर्ष स्थानमा
रवि र बालेनलाई भुटानका प्रधानमन्त्रीको बधाइ, द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास
रवि र बालेनलाई भुटानका प्रधानमन्त्रीको बधाइ, द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास
अबैध यौन व्यवसाय गर्ने १८ जना नेपाली विरुद्ध मुद्दा दर्ता !!!
अबैध यौन व्यवसाय गर्ने १८ जना नेपाली विरुद्ध मुद्दा दर्ता !!!
प्रदेश सरकारले दिएको बिदा प्रमुख जिल्ला अधिकारीहरूले कार्यान्वयन गरेनन्
प्रदेश सरकारले दिएको बिदा प्रमुख जिल्ला अधिकारीहरूले कार्यान्वयन गरेनन्
११८ दलले बुझाएनन सम्पत्ति विवरण, आयोगले दियो अल्टिमेटम
११८ दलले बुझाएनन सम्पत्ति विवरण, आयोगले दियो अल्टिमेटम

तपाईंले छुटाउनुभयो कि?