धोनी र गेलभन्दा अगाडि पारस खड्का

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २६, २०७६
|
|
३३ पटक हेरिएको
Shares
धोनी र गेलभन्दा अगाडि पारस खड्का

सारांश

  • नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेटमा नयाँ उचाई हासिल गरेका छन् ।
  • अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल आइसीसी ले जारी गरेको टी २० ब्याटिङतर्फ पारसले ४५ औं स्थानमा नाम बनाएका हुन् ।
  • पारसभन्दा भारतका महेन्द्रसिंह धोनी र वेष्ट इन्डिजका क्रिस गेलभन्दा पारसको वरियता माथि पुगेको छ ।

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेटमा नयाँ उचाई हासिल गरेका छन् । अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल आइसीसी ले जारी गरेको टी २० ब्याटिङतर्फ पारसले ४५ औं स्थानमा नाम बनाएका हुन् ।

पारसभन्दा भारतका महेन्द्रसिंह धोनी र वेष्ट इन्डिजका क्रिस गेलभन्दा पारसको वरियता माथि पुगेको छ । अलराउन्डरतर्फ पारस २४ औं स्थानमा परेका छन् । उनले यस विधामा पनि विश्वका चर्चित खेलाडीलाई पछि पारेका छन् ।

अलराउन्डरतर्फ नेपाली खेलाडीहरु सोमपाल कामी ६० औं र करण केसीले ७७ औं स्थान बनाएका हुन् । नेपाली स्टार बलर सन्दीप लामिछाने ६४ औं स्थान बनाउन सफल भएका छन् । करणकेसी ८३ औं र अविनाश बोहरा १०० औं स्थानमा परेका छन् । सोमपाल कामी ६८ औं र वसन्त रेग्मी ८९ औं स्थानमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?