नदीजन्य पदार्थ मापदण्ड विपरीत उत्खनन वढ्दो

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ८, २०७४
|
|
५८ पटक हेरिएको
Shares
नदीजन्य पदार्थ मापदण्ड विपरीत उत्खनन वढ्दो

सारांश

  • जिल्ला समन्वय समितिले ठेक्का लगाएका तथा ठेक्का नलगाएका दरौँदी, चेपे, मस्र्याङ्दी र बूढीगण्डकी नदी बगरका घाटबाट नदीजन्य पदार्थ ढुङ्गा, गिटी, बालुवाको तस्करी बढेपछि उत्खननमा रोक लगाएको छ ।
  • प्राकृतिक स्रोत साधन अनुगमन समितिको बैठकले आउँदो माघ १२ गते सम्मका लागि नदीजन्य पदार्थ उत्खनन गर्न रोक लगाएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।
  • ठेक्का लागेका ठाउँमा मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन गरेको जनगुनासो बढेपछि जरिवाना रकम वृद्धि गर्ने लगायत नदीजन्य पदार्थ व्यवस्थित रुपमा घाटगद्दी गरी बिक्री गर्न नौ सदस्यीय कार्यदल गठन गरेको छ ।

जिल्ला समन्वय समितिले ठेक्का लगाएका तथा ठेक्का नलगाएका दरौँदी, चेपे, मस्र्याङ्दी र बूढीगण्डकी नदी बगरका घाटबाट नदीजन्य पदार्थ ढुङ्गा, गिटी, बालुवाको तस्करी बढेपछि उत्खननमा रोक लगाएको छ ।

प्राकृतिक स्रोत साधन अनुगमन समितिको बैठकले आउँदो माघ १२ गते सम्मका लागि नदीजन्य पदार्थ उत्खनन गर्न रोक लगाएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।

ठेक्का लागेका ठाउँमा मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन गरेको जनगुनासो बढेपछि जरिवाना रकम वृद्धि गर्ने लगायत नदीजन्य पदार्थ व्यवस्थित रुपमा घाटगद्दी गरी बिक्री गर्न नौ सदस्यीय कार्यदल गठन गरेको छ ।

जिल्लास्थित सडक कार्यालयका प्रमुख अमृतमणि रिमालको संयोजकत्वमा गठित कार्यदले माघ १२ गते प्रतिवेदन दिएपछि मात्रै ठेक्का लागेका घाटबाट नदीजन्य पदार्थ उत्खनन गर्न सकिन्छ ।

ठेक्का लगाएको परिमाण भन्दा बढी नदीजन्य पदार्थ उत्खनन गरी ठेकेदारहरुले बिक्री गर्ने गरेको तथा ठेक्का नलागेका ठाउँबाट बालुवा तस्करी बढेपछि उत्खननमा रोक लगाइएको जिससका प्रमुख अशोककुमार गुरुङले जानकारी दिए ।

अवैध रुपमा नदीजन्य पदार्थ उत्खननमा संलग्न एक्साभेटर, टिपर चालक र व्यवसायीलाई प्रहरी लगाएर नियन्त्रणमा लिए पनि एक पटकमा एक हजार जरिवाना तिरेर छुट्ने गर्दा नदीजन्य पदार्थको उत्खनन कार्य नरोकिएको निष्कर्ष निकाल्दै अनुगमन समितिले जरिवाना कम्तिमा ५० हजार बनाउने गरी तयारी गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बसको ठक्करबाट एक जनाको मृत्यु
बसको ठक्करबाट एक जनाको मृत्यु
गुणस्तरीय शिक्षामा समान अवसर र लाभको सुनिश्चितता जरुरीः प्रधानमन्त्री
गुणस्तरीय शिक्षामा समान अवसर र लाभको सुनिश्चितता जरुरीः प्रधानमन्त्री
सर्वदलीय बैठक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बहिस्कार गर्ने
सर्वदलीय बैठक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बहिस्कार गर्ने
कपिलवस्तुमा २१ वर्षकी युवतीलाई ढुंगाले हानेर मारियो
कपिलवस्तुमा २१ वर्षकी युवतीलाई ढुंगाले हानेर मारियो
घरपोझङमा एमाले उम्मेदवारलाई २ मतले हराउँदै कांग्रेसका लालचन विजयी
घरपोझङमा एमाले उम्मेदवारलाई २ मतले हराउँदै कांग्रेसका लालचन विजयी
विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड २५ लाख नाघ्यो
उपत्यकामा उच्च सतर्कता अपनाउन सरकारको अपिल
ब्याकअप इण्डियाको नारा लगाउने अनेरास्ववियूका नेता तथा कार्यकर्ता भारतीय दुतावास अगाडि पक्राउ
ब्याकअप इण्डियाको नारा लगाउने अनेरास्ववियूका नेता तथा कार्यकर्ता भारतीय दुतावास अगाडि पक्राउ
महोत्तरीः मनरा सिस्वा नगरपालिकामा राजपा विजयी
महोत्तरीः मनरा सिस्वा नगरपालिकामा राजपा विजयी
पैँतालिस हजार स्याउका बोटमा ‘टेन्ट क्याटरपिलार’को आक्रमण
पैँतालिस हजार स्याउका बोटमा ‘टेन्ट क्याटरपिलार’को आक्रमण