नवराज सिलवालबारे अध्ययनपछि मात्रै निर्णय लिइने

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २, २०७४
|
|
२० पटक हेरिएको
Shares
नवराज सिलवालबारे अध्ययनपछि मात्रै निर्णय लिइने

सारांश

  • काठमाडौं, फागुन २ ।
  • पूर्व डिआइजी नवराज सिलवालविरुद्ध कीर्ते अभियोगको सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।
  • बुधबार बिहान प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो ।

काठमाडौं, फागुन २ । पूर्व डिआइजी नवराज सिलवालविरुद्ध कीर्ते अभियोगको सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।

बुधबार बिहान प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो । प्रहरीले बुझाएको प्रतिवेदन अध्ययनपछि मात्रै मुद्दा दर्ता गर्न पर्ने या नपर्ने निर्णय गरिने सरकारी वकिलको कार्यालयले जनाएको छ ।

सरकारी वकिलको कार्यालयको प्रतिवेदनअनुसार मुद्दा दर्ता गर्नुपर्ने देखिएमा मात्र सिलवालको फाइल मुद्दाका लागि अगाडि बढाइनेछ । सिलवाल ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?