नागरिकमा पत्रकारको दर्दनाक कथा, तबल नबढ्नेदेखि नपाउनेसम्मको व्यथा !

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २०, २०७६
|
|
३३ पटक हेरिएको
Shares
नागरिकमा पत्रकारको दर्दनाक कथा, तबल नबढ्नेदेखि नपाउनेसम्मको व्यथा !

सारांश

  • काठमाडौं ।
  • मिडिया विधेयकबारे चौतर्फी बहस सुरु भएको अवस्थामा पक्ष र विपक्षमा चर्काकर्की तर्कबझान जारी छ ।
  • मिडियाकर्मीहरु यो विधेयकले लौ सखाप पार्ने भो भनेर बाबु मरेको दिन बिर्साउने गरी रोइकराइ गरेको पनि भाइरल भएको देखिएकै हो ।

काठमाडौं । मिडिया विधेयकबारे चौतर्फी बहस सुरु भएको अवस्थामा पक्ष र विपक्षमा चर्काकर्की तर्कबझान जारी छ । मिडियाकर्मीहरु यो विधेयकले लौ सखाप पार्ने भो भनेर बाबु मरेको दिन बिर्साउने गरी रोइकराइ गरेको पनि भाइरल भएको देखिएकै हो । मिडिया विधेयकले सखाप पार्ने भन्ने चेत खुलेका पत्रकार–मिडियाकर्मी आफ्नै मिडियाभित्रका विसंगति र बेथिती बारे भने लेख्न बोल्न सक्दैनन् । तीनतीन महिना तलब नआउँदा पनि भाउपन्थीको कथाको निरीह पात्र झैं हेंहेंहें मात्र गरिरहेका भेटिन्छन् । यस्तो प्रवृत्ति धेरै मिडिया हाउसका पत्रकारहरुमा देखिए पनि हाल नेपाल रिपब्लिक मिडिया अन्तर्गतका नागरिकका पत्रकारहरु बढी प्रताडित भएको गुनासो प्राप्त भएको छ ।

आफ्नो एघार वर्षे इतिहासमा २०७६ वैशाखमा पहिलो पटक दुई महिनाको तलब एकै पटक बुझेर नागरिककर्मीहरु आश्चर्यमा परिरहेका बेला संस्था अन्तर्गतकै नागरिक नेटवर्कका सात सात जना सहकर्मीले वक्तव्यबाजी गरेर संस्था छोड्दा उस्तै रणभुल्लमा परेका छन् । हुन त दुई महिनाको तलब पनि अग्रिम भुक्तानी थिएन, ‘पोस्ट पेड’ थियो । पचासी दिनसम्म पनि तलब नआउ“दा घोर निरासामा परेका नागरिकमर्कीहरु अरु त अरु घरबाट श्रीमतीको फोन आउँदा पनि उच्च तनावको अनुभव गर्थे । कारण अधिकांश नागरिककर्मीका श्रीमतीले साँझको समयमा गर्ने फोनमा एकैखालको प्रश्न हुन्थ्यो, ‘तलब आयो ?’ यसरी सधैं तनावमा बस्नुभन्दा विकल्प खोज्न नागरिकर्मीहरु सल्बलाइरहेका छन् ।

सामूहिक राजीनामा काण्ड

अन्नपूर्ण पोस्टलगायतका संस्थाबाट नेपाल रिपब्लिक मिडियामा उत्साहित भएर काम गर्न पुगेका एक हुल पत्रकारहरुलाई काम गर्न गएको केही समयमै लाग्यो गलत ठाउँमा आइएछ । नागरिक नेटवर्कको नयाँ स्टुडियो, नयाँ भवन भएतापनि काम गर्ने नयाँ उत्साह कसैले पनि पाएनन् । पत्रकारिताको मूल्यले नागरिक नेटवर्कमा कार्यान्वयन हुने अवसर नपाउने रहेछन् भन्ने बुझ्न नवप्रवेशी पत्रकारहरुलाई धेरै बेर लागेन । त्यहाँ हाकिम सधैं सही हुन्छन् भन्ने कर्पोरेट प्रभाव बलशाली हुने पत्रकारहरुले देखे । सानो सानो मानवीय कमजोरीमा पनि हाकिमको शासकीय खप्की कसैलाई सह्य हुने कुरै भएन ।

नागरिक नेटवर्ककी प्रमुख समृद्धि ज्ञवालीको खप्कीमा अरु त अरु भइहाले स्वयम् सम्पादक राजाराम गौतम पनि परे । दुई दशकभन्दा बढी पत्रकारिता गरिसकेका युवा पत्रकार गौतमले आफूले पढेको, आफूले सिकेको पत्रकारिताप्रति नै प्रश्न चिन्ह उठाइन थालेपछि काम गर्ने सहज अवस्था नभएको महसुस गर्न थाले । त्यसमाथि आफूले यसरी यसरी समाचार लेख भनेर अह्राएको पत्रकारहरुमाथि नै कार्यदोष देखाउँदै निर्देशकबाट केरकार हुन थालेपछि वातावरण बिग्रदै गयो ।

त्यसमाथि प्रशासनबाट पत्रकारको टोलीलाई अबको केही महिना तलब ढिलो हुन सक्छ भन्ने ठाडो उर्दी जारी भए पछि धेरैले यसलाई नेक्जिट–नागरिकबाट एक्जिट हुनुपर्ने संकेतका रुपमा बुझे । र, अन्नतः लक्ष्मण श्रेष्ठ, पुरुषोत्तम पौडेल, धीरज सापकोटा, किरण दाहाल (ईश्वर), सन्तोष धिताल, चिरञ्जिवी घिमिरे, जीवन कुँवरले सामूहिक राजीनामा दिए । उनीहरुको राजीनामाको प्रमुख मुद्दा छ समाचार कक्षमा प्रकाशकको हस्तक्षेप ।

‘विज्ञप्तिको भाषा जे सुकै भए पनि त्यहा“ जति काम गरियो एउटा लुच्चो तथा धूर्त ठेकेदारले ज्यामीलाई भनेको भन्दा तुच्छ भनाइ खानुप¥यो,’ एक पत्रकारले भने, ‘हामीलाई सर्भिस प्रोभाइडर मान्ने हो भने गरेको कामको पैसा पनि दिनुप¥यो, इज्जत पनि दिनुप¥यो । हामी बँधुवा मजदूर हौं र ? तुच्छ व्यवहार गर्नलाई । बकाइदा करारनामा गरेर काम गर्न गएका हौं । करारनामा गराउनेले आफ्नो हैसियत र जिम्मेवारी बुझ्नुपर्दैन ?’ काम गर्ने वातावरण नभएपछि काम छाडेको उनले बताए । उनका अनुसार बोल्न नसक्ने अझ कतिपय निरीह भएर काम गरिरहकै छन् ।

राजारामको संभावना तुहियो

नागरिकको अनलाइन प्रमुख कृष्ण ढुंगानालाई हटाएर उनका ठाउँमा श्रीराम पौडेललाई ल्याइयो । श्रीरामलाई ल्याउनु कुनै नराम्रो कुरा थिएन । तर, श्रीरामलाई ल्याउने भएपछि कृष्णलाई पुरै बेवास्ता गरेर निकालियो । महंगो तलबमा किन दुई दुई जना राख्ने भन्ने प्रशासन प्रमुखले तर्क गरेपछि कृष्णलाई निकालिएको बताइन्छ । कृष्ण नेपाल खबरलाई उचाइमा पु¥याउन लागिपरे भने श्रीरामलाई नागरिक नेटवर्कको प्रमुखको जिम्मा दिइयो । श्रीराम साठी हजार मासिकको तलबमा पहिल्यै असन्तुष्ट रहेको थिए । तर विगतको सम्बन्धको दुहाइ दिएर श्रीरामलाई काम गराउन राजी रगराइएको थियो ।

श्रीरामरले पनि सोचेका थिए विगतमा कान्तिपुर एफएफमा हु“दा जुन सम्पादकीय स्वतन्त्रता अनुसार काम गरिएको थियो त्यो वातावरण यहाँ पनि हुन्छ नै पैसै ठूलो होइन । तर उनी पनि गलत सावित भए । जब नागरिक नेटवर्क नयाँ संरचना अनुसार भिडियो लक्षित कार्यक्रम उत्पादन गर्न सुन्धारास्थित जेडिए कम्प्लेक्सबाट कमलादीस्थित भवनमा स¥यो तब त्यहाँको असहज परिस्थिति सबैलाई गाह्रो भयो । काम गर्ने वातावरण नेदेखेपछि श्रीरामले वार्षिक करारनामा थप्ने इच्छा देखाएनन् । मालिकसंग परपर भए । अनि अन्नपूर्णबाट अवकाश पाएका राजाराम गौतम नेटवर्कमा भित्रिए । राजारामसंग अन्नपूर्णका युवा हस्तीहरु पनि आए । तर त्यो आगमन घातक सिद्ध भयो । सहकर्मीहरुको सामूहिक राजीनामा पछि राजाराम पनि बाहिरिए ।

राजाराम बाहिरिनुमा अरु पनि कुरा जोडिएका छन् । राजारामलाई नेटवर्कमा ल्याइ“दा नागरिक दैनिकका सम्भावित प्रधान सम्पादकका रुपमा हेरिएको थियो । गौतमलाई अन्ततः नागरिकमै प्रधानसम्पादक बनाएर लैजाने सहमति भएको बताइन्छ । राजारामलाई प्रधान सम्पादक बनाउने र दोस्रो वरियतामा रहेका तिलक पाठकलाई कार्यकारी सम्पादक बनाउने भन्ने गाइंगुइं चलेको थियो । तर अब त्यो सम्भावना तत्कालका लागि टरेको छ ।

सुस्तायो नागरिक

नागरिकमा दुई वर्षअघि कान्तिपुरबाट तिलक पाठक प्रधान सम्पादकपछिको दोस्रो वरियतामा गएपछि नयाँ तरंग आएको थियो । पाठकले कान्तिपुरबाट विष्णु पोखरेललाई काष्ठमपण्डपको संयोजक बनाएर लगे । सहपाठी कमल अर्याललाई राजधानीबाट राजनीतिक समाचार डेक्समा लगे । अर्का सहपाठी महेश्वर आचार्यलाई समाज र डबली पृष्ठको संयोजक बनाएर लगे । दुर्गा अधिकारीलाई राजधानीबाट पोखरेली परिशिष्टको संयोजक बनाएर लगे । समाचारपत्रबाट भेषराज घिमिरेलाई खेलकूद पृष्ठको डेस्कमा लाने वातावरण बनाए । तीन जनाले धानिरहेको डेस्कलाई नौ दश जनाले हराभरा बनाए ।

उनले प्रशासनिक निकायसंग ‘पैंठाजोरी’ खेलेर मोर्के्टिङवालाहरुलाई साइजमा ल्याए । गाडीहरुलाई नियमन गरे । ड्राइभरका समस्या हल भए । पत्रकारका समस्या सम्बोधन गरिए । गैरजिम्मेवार ड्राइभर साइड लागे, नयाँ आए । ‘न्युज लेख्या जस्तो हो र ?,’ भन्दै हेपाहा प्रवृत्ति देखाउने मार्के्टिङका म्यानेजरहरुलाई साइजमा ल्याए । एक जनाले मार्के्टिङ म्यानेजरले त निर्देशककै अगाडि पाठकसंग ‘गल्ती भयो, माफ पाउँ भन्नुपर्ने वातावरण पनि बनाए । पाठककै सक्रियताले राति बाह्र सा“ढे बाह्रमा फाइनल हुने पत्रिका ठीक साँढे दशमा फाइनल हुन थाल्यो । स्थापनाकालदेखिका डिजाइनहरु पनि चकित पेर । न्युज स्याण्डमा नागरिक पत्रिका पहिलो हुन थाल्यो ।

अबको सम्पादक पाठक सर भनेर साथीहरुले भन्ने थाले । न्युजरुमका साथीहरुले पाठक सर सम्भावित प्रधान सम्पादक भनेर मुख फोरेरै भन्न थाले । तर नागरिक गएदेखि लहरे खोकीले झण्डै एक वर्षजस्तो ग्रस्त भएका पाठकको स्वास्थ्यमा त सुधार आयो तर नागरिकमा सुधार देखिएन । नानीदेखि लागेको बानी भने जस्तै नागरिक आफ्नै पुरानो तालमा फर्किने हो कि भन्ने आशंका व्याप्त छ ।

छोड्नेको लर्को

नागरिकमा आफ्नो वृत्ति विकास हुने नदेखेपछि नागरिकर्मीहरुले विकल्प रोज्न थाले । आर्थिक प्रमुख कुवेर चालिसे कारोबारमा सम्पादक हुन गए । अन्य पनि सल्बलाउन थाले । तलब पनि नबढ्ने, वृत्ति विकास पनि नुहने भएपछि सबैजना निरास र हतास थिए । त्यहीबेला अनलाइनको बाढी आयो । अनि पत्रकारहरुले नया“ मञ्च पाए । राजनीतिक संवाददाता मणि दाहाल नेपाल खबरमा गए । उनको अभाव अन्तर्रा्ष्ट्रिय फिचरको अनुवादको अलावा एमाले कभरेजमा राम्रैसंग भोगेको छ नागरिकले ।

ललितपुर कभरेजका अलावा अपराधबारे लेख्ने दीपक खरेल बाहिरिएपछि समाज पृष्ठ भर्न गाह्रो हुन थालेको छ । त्यसमाथि स्वास्थ्य तथा शिक्षा विषयमा कलम चलाउने दीपक दाहाल आफ्नै अनलाइन सुरु गर्न हिंडेपछि स्वास्थ्यको राष्ट्रिय इस्युको कभरेज नागरिकमा हुन छाड्यो । दुर्गा दुलाल नेपाल लाइभमा राजनीतिक ब्युरो प्रमुख बनेर जा“दा नागरिकको राजनीतिक कभरेज पातलिन थाल्यो ।

त्यतिन्जेल जेनतेन चलेको नागरिक राजनीति ब्युरो प्रमुख सुरेन्द्र पौडेल, आर्थिक संवाददाता सुशील भट्टराई, खेलकूद संवाददातासहित खेलकूल टोली नै बाहिरिन पुग्दा अपांग सरह बन्न पुग्यो । घण्टाघरको सुइ जस्तै ठीक आठ बजेसम्ममा सबै समाचार फाइल गर्ने ब्युरो चिफ सुरेन्द्रको बहिर्गमन नागरिकको लागि ठूलो धक्का नै थियो । लिड, इन्ट्रो, बडी, इन्डिङ टक्क मिलाएर एउटै समाचार कथामा विषयको उठान र बैठान गर्न सक्ने फाइन राइटिङका धनी पौडेलले छोड्नु नागरिकलाई ठूलो घाटा थियो । सुशील र अजय पनि आफ्नो विषयका हस्ती थिए । लेखाइ राम्रो । काममा इमान्दार । तर ती अहिले नागरिकमा छैनन् । अजयसंगै सुजन पनि गएपछि खेलकूद टुहुरो बन्न पुग्यो । सुशील गएपछि न त नागरिकमा आरोहणका समाचार आए न त पर्यटन र हवाइ उडड्यनका दमदार समाचार । भएका अलि पुराना सन्तोष न्यौपाने र विष्णु बेल्बासेले पनि नागरिकलाई बाइबाइ गरेपछि समाचारको खडेरी लागेको छ ।

पुनर्निर्माण लगायतका विषयमा कलम चलाउने इमान्दार लेखक विष्णु तामाङले पनि राजीनामा गरे भने अर्का नवप्रवेशी अर्जुन तामाङ पनि हिंडेपछि त नागरिक आर्थिक साँच्चै अर्थहीन हुन पुगेको छ । समाचारको अभावमा ब्युरो चिफ वालकृष्ण ज्ञवाली हल्का तनावमा देखिन्छन् अचेल । ‘आधा उमेर समाचार लेख्दा बितिसक्यो के को तनाव ?’ उनी सोध्नेहरुलाई भन्छन् । उनको दुःखेसो अर्कै छ, ‘यसो बोर लागेको बेलमा तीसचालीस मिनेट पोट खेल्ने साथी नै पो छैनन् ?’ अनि अलि लामो फिचर आयो कि भोलि पर्सीलाई जगेडा राख्न डेस्कवालाहरलाई अह्राउ“छन् । यता नागरिकका आर्थिक लेखकको अभाव हु“दा उता राससमा भने खुशीयाली छाएको छ, हाम्रो समाचार नागरिकमा बाइलाइन सहित प्रमुखताका साथ छापिएको छापिएकै छ भनेर । राससको क्यान्टिनमा भएको चियागफमा नागरिकलाई महासंघ इकाइले कृतज्ञता ज्ञापन पत्र पठाउने प्रस्ताव पनि पास भएको छ ।

उता नागरिकको काष्ठमण्डप र अक्षर हेर्ने विष्णु पोखरेल बीबीसी गएपछि अक्षर र काष्ठमण्डपको हरिबिगोज छ । काष्ठमण्डपका स्टार राइटर खिलक बुढाथोकी आर्थिक बिटमा छलाङ मार्न खोज्दै थिए तर उनी भिजिट भिषामा पश्चिम दिशामा उडे । काष्ठमण्डप लड्खडाउन थाल्यो । हिमाल लम्साल र शिवहरि घिमिरेले काठमाडौं, ललितपुर महानगपालिकाको एउटै समाचारलाई पुनर्नवीकरण गरेर जेनतेन काष्ठमण्डप चलाइरहे । जुनकिरी हेर्ने शान्ति लामा पनि गोरखापत्रमा स्थायी भएर गएपछि काष्ठमण्डका लागि रिपोर्टिङ गर्ने श्रीराम राई त्यता तानिंदा भार काष्ठमण्डपलाई परेको थियो ।

डबलीका संयोजक फिल्म लेखक सामिप्यराज तिमल्सिना अन्नपूर्णको फूर्सदमा गएपछि निमेष गौतम डबलीमा रमाउने एक्ला धावक भएका छन् । कला तथा महिलाका विषयमा नियमित फिचर लेख्ने चा“दनी हमाल गोरखापत्रमा स्थायी भएर गएपछि रिर्पो्टिङ, इडिटिङ र पेज कोअर्डिनेसको सप्पै जिम्मा निमेषले पाएका छन् । सप्पै काम गनुपर्दा बेलुकातिर सधैं खुइय खुइय गर्दै गरेको भेटिन्छन् उनी । छोड्नेहरुको नया“ लिस्टमा जिल्ला ब्युरो प्रमुख छत्र कार्की पनि छन् । उनी नेपाल न्युजमा राम्रो सेवासुविधा सहित गएको बताइन्छ । त्यस्तै, चितवन संवाददाता रमेश पौडेल तथा पूर्वेर्ली संवाददाता विनोद सुवेदीले पनि नागरिकलाई टाटा गरिसकेका छन् ।

यता नागरिकका डेस्कका कर्मचारीहरुमा पनि भारी असन्तुष्टि रहेको छ । डेस्कका अद्वीतिय प्रतिभा माधवप्रसाद नेपाल अन्ततः अन्नपूर्णमै फर्किएका छन् । अन्नपूर्णका पूर्वडेस्क प्रमुख भीम अर्यालले आफूले खाइपाइ आएको सेवा सुविधा भन्दा कममा नागरिक आए । शायद पछि सेवासुुविधा बढ्ने भन्ने कुरा भएका होलान् तर तीन वर्षमा उनको तलब जम्मा जम्मी बढयो, ६ सय ९० मात्र । उनी काममा उत्साहित नभएको सहकर्मीहरु बताउँछन् ।

गत वैशाखको वार्षिकोत्सवमा १९ जना पत्रकार तथा डेस्कबालाको तलब समायोजन भएको छ । धेरैजसो त १९ हजार पा“च सय नपाउनेले २० हजार पाएका छन् भने अरुको हकमा पा“च सय, हजार, पन्ध्र सय र एक दुई जनालाई दुई हजार बढाइएको छ । तर नया“ समायोजन भएको तलबले पनि डेस्क प्रमुख अर्यालले विगतमा खाइपाइ आएको सेवासुविधा भेट्टाउन सकेको छैन । नागरिकको डेस्कको अपेक्षाकृत सम्मानित अर्यालले गाउँ नै बसाइ“ सर्ने बताउँदै आएका छन् । उनको नेतृत्वमा डेस्कमा बचेका केही हर्ताकर्ता पनि बाहिरिए भने त्यसलाई आश्चर्य मान्नुनपर्ने सहकर्मीहरु बताउँछन् ।

नागरिकलाई अर्को झड्का हुनेछ यदि तिलक पाठकले छोडे भने । बसाइसराईंको नियमले भन्छ स्थानान्तरणको लागि पुलिङ–तान्ने र पुसिङ–ठेल्ने तत्व महत्वपूर्ण हुन्छ । नागरिकमा पाठकलाई ठेल्ने तत्व तत्कालका लागि नदेखिए पनि कुनै बेला नागरिककै सम्पादक नारायण वाग्लेसंग राम्रो सहकार्य गरेका पाठकलाई वाग्लेले कान्तिपुरमा मिस गरिरहेका छन् । कसलाई कुन काम लगाउन सकिन्छ, कस्को के विषेशता छ सो चिनेर काम लगाउने विशेषता भएका पाठकले कान्तिपुरमा हुँदा गरेको परफर्मेन्सका लागि त्यहाँका सहकर्मीहरुले अहिले पनि बेलाबेला उनको सम्झना गरिरहेको हुन्छन् । वाग्ले हाल विदेश भ्रमणमा छन् । वाग्लेले पनि पाठकको क्षमता बुझेका छन् । उनले पाठकलाई ताने भने त्यो अस्वभाविक हुनेछैन ।

आखिर नागरिकमा यस्तो हुनुको कारण के हो त ? ‘कारण धेरै हुन सक्छन् तर हामीले देखेको एउटा कारण के हो भने स्थापनाकाल देखिका राम्रो भनिएका रिपोर्टरलाई टिकाउन नसक्नु एउटा कमजोरी हो,’ स्थापना कालमै स्थायी नियुक्त पाएका एक कर्मचारी भन्छन्, ‘पत्रकारको मोनिटोरिङ र मेन्टरिङ सम्पादकले गर्नुपर्ने हो । अरु कर्मचारीको हकमा त्यसको जिम्मा प्रशासनलगायत अन्य निकायमा जान्छ । पत्रकार भन्ने अनि समयलाई नचिन्ने हो भने त डाइनोसरको नियती हुँदैन र ?’  साँघुन्यूज डटकमबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?