लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १८, २०७७
|
|
६० पटक हेरिएको
Shares
लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन

सारांश

  • भन्सार कार्यालय सिरहाले चालू आर्थिक वर्ष ०७६/७७ सकिनुअगावै लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन गरेको छ ।
  • लकडाउनका कारण भन्सारमा शिथिलता आए पनि ठाडी भन्सारले लक्ष्यभन्दा देब्बर राजस्व सङ्कलन गरेको हो ।
  • भन्सार कार्यालयले चालू आव २०७६/७७ सकिन केही दिन बाँकी रहँदै रु सात करोड १६ लाख ७९ हजार राजस्व सङ्कलन भएको कार्यालय प्रमुख नरेश साहले जानकारी दिनुभयो ।

भन्सार कार्यालय सिरहाले चालू आर्थिक वर्ष ०७६/७७ सकिनुअगावै लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन गरेको छ । लकडाउनका कारण भन्सारमा शिथिलता आए पनि ठाडी भन्सारले लक्ष्यभन्दा देब्बर राजस्व सङ्कलन गरेको हो । भन्सार कार्यालयले चालू आव २०७६/७७ सकिन केही दिन बाँकी रहँदै रु सात करोड १६ लाख ७९ हजार राजस्व सङ्कलन भएको कार्यालय प्रमुख नरेश साहले जानकारी दिनुभयो । लकडाउनमा राहत सामग्रीको आयात बढेकाले राजस्व सङ्कलन बढेको प्रमुख साहको भनाइ छ ।

चालू आव २०७६/७७ मा रु चार करोड ७९ लाख लक्ष्य तोकिएकामा हालसम्म उक्त राजस्व सङ्कलन भएको हो । लकडाउनमा राहत दिन भारतबाट गहुँ, चामल, आलु, प्याज, फलफूल, बेसार र तरकारीलगायतका सामग्रीको आयात बढेको थियो ।

खेलाडीलाई खेलकूद सामग्री वितरण

प्रदेशसभा सदस्य प्रमोद यादवले सिरहा नगरक्षेत्रका खेलाडीलाई संसदीय कोषको रकमबाट खेलाडीलाई खेलकूद सामग्री वितरण शुरु गर्नुभएको छ । सिरहा नगरपालिका क्षेत्रका २२ वटै वडालाई लक्षित गरी आज बिहानबाट खेलकूद सामग्री वितरण शुरु भएको सलहेश युवा कल्बका अध्यक्ष राजिव यादवले जानकारी दिनुभयो । संसदीय कोषको रु नौ लाख ५० हजारको लागतमा फुटबल र क्रिकेटलगायतका खेलहरु प्रोत्साहन गर्न सो सामग्री वितरण गरिएको क्लबका अध्यक्ष यादवले बताउनुभयो ।

(https://whatthefab.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज ७९ संक्रमित थप, ७५ जना संक्रमणमुक्त
पश्चिम चितवनका एकजना किसानको बाली जोगाउन खोज्दा करेन्ट लागेर ज्यान गएको छ
पश्चिम चितवनका एकजना किसानको बाली जोगाउन खोज्दा करेन्ट लागेर ज्यान गएको छ
यी हुन् प्रदेश हाँक्ने सात अनुहार
यी हुन् प्रदेश हाँक्ने सात अनुहार
बसपार्क निर्माणमा ठेकेदारको चरम लापर्बाही
बसपार्क निर्माणमा ठेकेदारको चरम लापर्बाही
ब्रैथवेटको सतकले जोगाउन सकेन वेस्ट इण्डिजलाई, न्युजिल्याण्ड शीर्ष स्थानमा
ब्रैथवेटको सतकले जोगाउन सकेन वेस्ट इण्डिजलाई, न्युजिल्याण्ड शीर्ष स्थानमा
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्नलाई जोगाइनु हुन्न : नेता रायमाझी
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्नलाई जोगाइनु हुन्न : नेता रायमाझी
प्रेम आलेजस्तै काम गर्न मन्त्रीहरुलाई माधव नेपालको निर्देशन
‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण
‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण
प्रचण्डले एक गिलास खाँदा हिसिलाले दुई गिलास रित्याइदिने !
प्रचण्डले एक गिलास खाँदा हिसिलाले दुई गिलास रित्याइदिने !
मेस्सीले जिते छैटौं पटक गोल्डेन शु’
मेस्सीले जिते छैटौं पटक गोल्डेन शु’