नेपालको जनसंख्या आधा घट्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ४, २०७७
|
|
२४ पटक हेरिएको
Shares
नेपालको जनसंख्या आधा घट्ने

सारांश

  • यस शताब्दीको अन्त्यसम्ममा नेपालको जनसंख्या आधा घट्ने प्रक्षेपण भएको छ ।
  • ब्रिटेनको प्रतिष्ठित जर्नल ल्यान्सेटमा विश्वव्यापी अध्ययन गरेर प्रकाशित एक लेखमा विज्ञहरूले नेपाललगायत अधिकांश देशमा शताब्दीको अन्त्यसम्ममा जनसङ्ख्या निकै घट्ने प्रक्षेपण गरिएको छ।
  • बीबीसीका अनुसार हाल नेपालको जनसंख्या तीन करोड रहेको छ ।

यस शताब्दीको अन्त्यसम्ममा नेपालको जनसंख्या आधा घट्ने प्रक्षेपण भएको छ । ब्रिटेनको प्रतिष्ठित जर्नल ल्यान्सेटमा विश्वव्यापी अध्ययन गरेर प्रकाशित एक लेखमा विज्ञहरूले नेपाललगायत अधिकांश देशमा शताब्दीको अन्त्यसम्ममा जनसङ्ख्या निकै घट्ने प्रक्षेपण गरिएको छ।

बीबीसीका अनुसार हाल नेपालको जनसंख्या तीन करोड रहेको छ । सन् २०४३ मा तीन करोड पैँतालीस लाख पुग्ने र त्यसपछि घट्दै गएर सन् २१०० मा पुग्दा त्यसको लगभग आधामा झर्ने प्रक्षेपण गरिएको छ।

विश्वभरि शिक्षामा भएको प्रगति अनि महिलाहरूको सशक्तिकरणजस्ता विभिन्न कारणले कुल प्रजनन दर अर्थात् एक महिलाले आफ्नो जीवनकालमा जन्माउने बच्चाको सङ्ख्या निरन्तर घटिरहेकोले यस्तो अवस्था आइपर्न लागेको सो प्रतिवेदनमा उल्लेख छ।

हाल नेपालमा कुल प्रजनन दर २।२४ प्रतिशत रहेकोमा त्यो अब घट्दै जाने र सन् २१०० सम्म पुग्दा १।२० प्रतिशत पुग्ने प्रक्षेपणमा उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?