प्रदेश बनाउने अभियानमा लाग्न मुख्यमन्त्री शाहको आग्रह

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २२, २०८०
|
|
३५ पटक हेरिएको
Shares
प्रदेश बनाउने अभियानमा लाग्न मुख्यमन्त्री शाहको आग्रह

सारांश

  • चैनपुर ।
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले सबै मिलेर प्रदेश बनाउने अभियानमा लाग्न आग्रह गरेका छन् ।
  • बझाङका विभिन्न ठाउँको अवलोकन तथा भम्रणका क्रममा उनले लामो समयपछि प्राप्त भएको लोकतन्त्र, गणतन्त्र र सङ्घीयतालाई संरक्षण गर्न सबै एकै ठाउँमा लाग्नुपर्ने बताए ।

चैनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले सबै मिलेर प्रदेश बनाउने अभियानमा लाग्न आग्रह गरेका छन् ।

बझाङका विभिन्न ठाउँको अवलोकन तथा भम्रणका क्रममा उनले लामो समयपछि प्राप्त भएको लोकतन्त्र, गणतन्त्र र सङ्घीयतालाई संरक्षण गर्न सबै एकै ठाउँमा लाग्नुपर्ने बताए ।

जिल्लाका कर्मचारी, जनप्रतिनिधि र सञ्चारकर्मीसँग भेट गर्दै उनले कर्मचारी र जनप्रतिनिधिका क्रियाकलापका कारणले मुलुक कमजोर हुने अवस्था आउन नदिन विचार पु¥याउनुपर्ने बताए ।

उनले भने, “प्रदेश सरकारलाई पूर्णता दिई प्रदेश लोक सेवालाई छिटोछरितो बनाइ कर्मचारी पदपूर्तिको कुरामा मेरो ध्यान गएको छ, बझाङ जलस्रोत, जडिबुटी, कृषि र पर्यटनका लागि सम्भावना भएको जिल्ला भएकाले ठोस नीति र कार्यक्रम बनाएर अगाडि बढ्ने विगतका वर्षमा योजना किनबेचका कुरा आएकाले योजना प्रक्रियागत रुपमा स्थानीय तहबाट महत्वपूर्ण योजना छनोट गरी पठाउन स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गर्छु ।”

योजनामा कुनै विचौलिया, दलाल सक्रिय भएको खण्डमा त्यसलाई रोक्नुपर्ने र त्यसलाई कानुनी दायरामा ल्याउनुपर्ने उनले बताए । योजनाका नाममा बदमासी गर्न खोजेमा कसैलाई पनि छुट नहुनेमा उनले जोड दिए ।

मुख्यमन्त्री शाहले बझाङ पुगेर ताक्लाकोट सडकलगायतका विभिन्न योजनाको अनुगमन गरे । सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारी, प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंह, बाजुराबाट प्रदेश (२) का प्रदेशसभा सदस्य पदम शाही पनि बझाङ गएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?