कानुन व्यवसायीमा इमान्दारिता हराउँदै गएकोमा प्रधानन्यायाधीश मिश्रको चिन्ता
सारांश
- काठमाडौं ।
- प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले न्यायको योद्धा बन्नुपर्ने कानुन व्यवसायीमा इमान्दारिता र आर्दश हराउँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
- मिश्रले विधिको शासन कायम राख्न इमान्दारीपूर्वक काम गर्न कानुन व्यवसायीलाई आग्रह गरेका छन् ।
काठमाडौं । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले न्यायको योद्धा बन्नुपर्ने कानुन व्यवसायीमा इमान्दारिता र आर्दश हराउँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । मिश्रले विधिको शासन कायम राख्न इमान्दारीपूर्वक काम गर्न कानुन व्यवसायीलाई आग्रह गरेका छन् ।
नेपाल कानुन समाजले आयोजना गरेको ‘स्वतन्त्र न्यायपालिका र कानूनको शासन स्थापनामा वरिष्ठ अधिवक्ता स्व. कुसुम श्रेष्ठको योगदान’ विषयक कार्यक्रममा प्रन्या मिश्रले भने, “समाजका हरेक क्षेत्रले आर्दश र इमान्दारीपूर्वक काम गर्ने कुरा स्वर्गीय श्रेष्ठको जीवनीबाट सिक्नुपर्छ ।”
नेपालमा कानुनी राज्य स्थापनाका लागि वरिष्ठ अधिवक्ता स्व. श्रेष्ठले पु-याएको अतुलनीय योगदानको प्रशंसा गरे । श्रेष्ठले नेपालको न्याय क्षेत्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत परिचित गराएको विषय स्मरण गरे ।
पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले स्वर्गीय श्रेष्ठको जीवनीबाट अधिवक्ताले सिक्नुपर्ने पाटो धेरै भएको उल्लेख गर्दै नेपाल बार एशोसिएशनको स्थापनामा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए ।
प्रतिक्रिया