पश्चिमी वायुको प्रभावले वर्षा

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०८०
|
|
५० पटक हेरिएको
Shares
पश्चिमी वायुको प्रभावले वर्षा

सारांश

  • काठमाडौँ ।
  • पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले काठमाडौँसहित देशका केही स्थानमा हल्का वर्षा भएको छ ।
  • जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशमा बदली रहेको छ ।

काठमाडौँ । पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले काठमाडौँसहित देशका केही स्थानमा हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशमा बदली रहेको छ ।

“पश्चिमी वायुको प्रभावले काठमाडौँमा अहिले छिटफुट वर्षा भएको छ, दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा छिटफुट वर्षाको सम्भावना छ”, महाशाखाका मौसमविद् समीर श्रेष्ठले भने ।

काठमाडौँमा आज बिहानैदेखि आंशिक बदली रहनुका साथै भर्खरै छिटफुट वर्षासमेत भएको छ । उपत्यकामा खण्डित रुपमा वर्षा भएको माशाखाले जनाएको छ ।

‘मोखा’ चक्रवातको प्रभाव छैन

बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोखा’ चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने महाशाखाकाले उल्लेख गरेको छ । मौसमविद् समीर श्रेष्ठले नेपालमा मोखा चक्रवातको कुनैपनि प्रभाव नरहेको बताए ।

“चक्रवात पूर्वतर्फ सरिरहेको छ, नेपालमा यसले असर गर्दैन”, उनले भने, “नेपाललाई नछोइकन बङ्गालको खाडी हुँदै तटीय क्षेत्रमा अघि बढेको चक्रवातले भुटान, बङ्गलादेश, थाइल्याण्ड र म्यानमारमा मुख्य असर पर्ने देखिन्छ ।”

उक्त चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएर उत्तर–उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बङ्गलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीलाई प्रहरीद्वारा भ्रष्टाचारबारे  सोधपुछ
प्रधानमन्त्रीलाई प्रहरीद्वारा भ्रष्टाचारबारे सोधपुछ
आज देशभर ३०३ थपिएसँगै संक्रमितको सख्या २ लाख ७० हजार नाघ्यो
आज देशभर ३०३ थपिएसँगै संक्रमितको सख्या २ लाख ७० हजार नाघ्यो
उद्यमी बन्न चाहनेलाई सरकारले बिना धितो ऋण दिने
उद्यमी बन्न चाहनेलाई सरकारले बिना धितो ऋण दिने
आफैँले बोकेको पेस्तोलले गोली हानी आत्महत्या
आफैँले बोकेको पेस्तोलले गोली हानी आत्महत्या
छोरी बलात्कारको आरोपमा बुबा पक्राउ
छोरी बलात्कारको आरोपमा बुबा पक्राउ
उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा प्रकाश रावल
उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा प्रकाश रावल
एमाले अध्यक्ष केपी ओली नियमित स्वास्थ्य परिक्षणका  लागि आज थाइल्याण्ड जाँदै;
एमाले अध्यक्ष केपी ओली नियमित स्वास्थ्य परिक्षणका लागि आज थाइल्याण्ड जाँदै;
कतिपय मानिस देश बनेन भनेर होइन देश बन्ला भनेर चिन्तित छन्: प्रधानमन्त्री
कतिपय मानिस देश बनेन भनेर होइन देश बन्ला भनेर चिन्तित छन्: प्रधानमन्त्री
रुकुम प्रकरणका वडाध्यक्षसहित २३ जनालाई अदालतले थुनामा पठायो
निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधी यति शक्तिशाली ?
निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधी यति शक्तिशाली ?