महिला क्रिकेटमा नेपाल बङ्गलादेशसँग १० विकेटले पराजित

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १८, २०७६
|
|
२४ पटक हेरिएको
Shares
महिला क्रिकेटमा नेपाल बङ्गलादेशसँग १० विकेटले पराजित

सारांश

  • तेह्रौँ दक्षिण एशियाली खेलकूदअन्तर्गत पोखरामा जारी महिला क्रिकेट प्रतियोगिताको आजको खेलमा नेपाल १० विकेटले पराजित भएको छ ।
  • पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको खेलमा नेपाल बं्ङ्गलादेशसँग १० विकेटले पराजित भएको हो ।
  • यसअघि मालदिभ्ससँगको खेलमा नेपाल १० विकेटले नै विजयी भएको थियो ।

तेह्रौँ दक्षिण एशियाली खेलकूदअन्तर्गत पोखरामा जारी महिला क्रिकेट प्रतियोगिताको आजको खेलमा नेपाल १० विकेटले पराजित भएको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको खेलमा नेपाल बं्ङ्गलादेशसँग १० विकेटले पराजित भएको हो । यसअघि मालदिभ्ससँगको खेलमा नेपाल १० विकेटले नै विजयी भएको थियो । टस जितेर बङ्गलादेशले फिल्डिङ रोजेको थियो । पहिला ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा केवल ५० रन जोडेको थियो ।

नेपालका तर्फबाट सोनु खड्काले सर्वा्धिक १२ रन र इन्दु वर्माले १० रन जोडे पनि अन्य ब्याट्स वुमनले दोहोरो अङ्क जोड्न सकेनन् । नेपालकी अप्सरा वेगमले पाँच, सिता रानामगरले तीन, ममता चौधरीले एक रन जोडिन भने अन्य खेलाडीले खाता खोल्न सकेनन् ।

नेपालका चार महत्वपूर्ण विकेट रबेया खानले लिएकी थिइन् । त्यस्तै जहनारा आलमले दुई, सल्मा खातुन, नहिदा अख्तर र फहिमा खातुनले समान एक÷एक विकेट लिए । एकाउन्न रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको बङ्गलादेशले विना क्षति ७.४ ओभरमै जीत निकाल्यो ।

बङ्गलादेशका लागि आयस्मा रहमानले अविजित २६ र मर्सिदा खातुनले अविजित २३ रनको योगदान दिए । बाइस बलको सामना गरेकी रहमानले तीन चौकासहित २६ रन हानेकी थिइन् भने २४ बलको सामना गरेकी खातुनले चार चौकासहित २३ रन हानेकी हुन् । चार ओभरमा दुई मेडनसहित आठ रन खर्चेर नेपालका महत्वपूर्ण चार विकेट हत्याउने रबेया प्लेयर अफ दी म्याच घोषित भइन् । आजै श्रीलङ्का र मालदिभ्सबीच अर्को खेल हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीलाई देउवाको जवाफ- ‘म अझै तीनपटक प्रधानमन्त्री बन्छु’
ओलीलाई देउवाको जवाफ- ‘म अझै तीनपटक प्रधानमन्त्री बन्छु’
व्यापार घाटा कम गर्न पर्यटन उद्योग : पूर्व प्रम खनाल
व्यापार घाटा कम गर्न पर्यटन उद्योग : पूर्व प्रम खनाल
मनाेरञ्जन समाचार : १ क्विन्टल मोटी अभिनेत्री कसरी भइन् स्लीम?
मनाेरञ्जन समाचार : १ क्विन्टल मोटी अभिनेत्री कसरी भइन् स्लीम?
प्रधानमन्त्रीले प्रचण्डतीर हेदै भने- मिल्ने भए दुई जनानै प्रधानमन्त्री हुने थियौं
प्रधानमन्त्रीले प्रचण्डतीर हेदै भने- मिल्ने भए दुई जनानै प्रधानमन्त्री हुने थियौं
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
जलविहार गर्न जाँदा १२ वटा ह्वेलले घेरेपछि…
जलविहार गर्न जाँदा १२ वटा ह्वेलले घेरेपछि…
नेपालले यूएइलाइ चार विकेटले पराजित गर्‍याे !
नेपालले यूएइलाइ चार विकेटले पराजित गर्‍याे !
श्रीलंकामा प्रदर्शनका बीच ४ मन्त्री नियुक्त
श्रीलंकामा प्रदर्शनका बीच ४ मन्त्री नियुक्त
भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त
भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त
पूर्वप्रधानमन्त्री चन्दको गाउँमा राप्रपाले खाता खोल्यो
पूर्वप्रधानमन्त्री चन्दको गाउँमा राप्रपाले खाता खोल्यो

तपाईंले छुटाउनुभयो कि?