पुनः अस्वस्थ भए राष्ट्रपति पौडेल
सारांश
- काठमाडौँ ।
- राष्ट्रपति रामचन्द्र पौडेल फेरी अस्वस्थ भएका छन् ।
- उनको छातीको तल्लो भागमा सङ्क्रमण देखिएको छ ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल फेरी अस्वस्थ भएका छन् । उनको छातीको तल्लो भागमा सङ्क्रमण देखिएको छ ।
फलोअप परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका उनको छातीको तल्लो भागमा सङ्क्रमण देखिएको हो ।
उनका निजी चिकित्सक डा. निरज बमले पौडेलको अल्ट्रासाउण्डको सहायताले पानी निकाली परीक्षण गर्न लागिएको जानकारी दिए । पौडेलको बायाँ छातीको तल्लो भागमा थोरै पानी देखिएको छ ।
१८ चैतमा पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया