बिग बोसका कारण सलमान खानलाई हुनेछ सबैभन्दा ठूलो नोक्सान

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १५, २०७६
|
|
२१ पटक हेरिएको
Shares
बिग बोसका कारण सलमान खानलाई हुनेछ सबैभन्दा ठूलो नोक्सान

सारांश

  • मुम्बइ।
  • टिभीको सबैभन्दा विवादित शो बिग बोस सुरु भएको छ ।
  • २९ सेप्टेम्बरका दिन साँझ ९ बजे सलमान खानले शोको प्रिमियर गरे ।

मुम्बइ। टिभीको सबैभन्दा विवादित शो बिग बोस सुरु भएको छ । २९ सेप्टेम्बरका दिन साँझ ९ बजे सलमान खानले शोको प्रिमियर गरे । शो सुरु हुनासाथ यसले टिभीका अन्य शोलाई टिआरपीमा टक्कर दिने अनुमान गरिएको छ । तर, यसका कारण सबैभन्दा ठूलो नोक्सानी सलमान खानलाई नै हुने भएको छ । यसको कारण हो बिगबोसको समय ।सलमानको शो बिगबोस हप्तामा ५ दिन सोमबारदेखि शुक्रबारसम्म राती साढे १० बजे आउनेछ ।

त्यसपछि शनिबार र आइतबार सलमानको विकेन्ड का वार आउनेछ । बिगबोसमा २ दिन मात्र यस्ता हुनेछन जुन दिन सलमान घरमा आएर त्यहाँका सदस्यको हिसाबकिताब बुझ्छन् । पुरानो बिग बोसको इतिहास हेर्दा विकेन्डका वारले सबैभन्दा धेरै टिआरपी पाउँछ । सलमानले टिआरपी पाएर पनि सलमानलाई घाटा हुने कारण हो सलमानको अर्को शो द कपिल शर्मा शो ।

सलमानले टिभीमा द कपिल शर्मा शोमार्फत कदम राखेका हुन् । यो शोका निर्माता सलमान हुन् । शोमा सलमानको ठूलो बजेट लगानी भएको छ । द कपिल शर्मा शो को समय शनिबार र आइतबार राती ९ बजे छ । यो शो टिआरपी चार्टमा सुपरहिट छ । तर अब यो शोको टक्कर बिगबोससँग हुने भएको छ । यस्तोमा टिआरपी बिगबोसले पाए पनि कपिल शर्मा शोले पाए पनि नोक्सानी सलमानलाई नै हुनेछ । बिगबोसको टिआरपी कम भए सलमानको स्टारडमलाई धक्का लाग्नेछ भने कपिल शर्मा शोको टिआरपी घटे सलमानको लगानी घाटामा जानेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो विवादित र आलोचित थियो, गोपाल पराजुलीको छवि प्रधानन्यायाधीश नबन्दै
यस्तो विवादित र आलोचित थियो, गोपाल पराजुलीको छवि प्रधानन्यायाधीश नबन्दै
जनकपुरमै पुगेर कमल थापाले सिके राउतलाइ दिए चुनौती
जनकपुरमै पुगेर कमल थापाले सिके राउतलाइ दिए चुनौती
बदला लिने दाउमा लिङ्देन, विरासत जोगाउने सोचमा सिटौला
बदला लिने दाउमा लिङ्देन, विरासत जोगाउने सोचमा सिटौला
नेकपा महासचिव विष्णु पौडेललाई फसाउँने ललिता निवास हो त ?
नेकपा महासचिव विष्णु पौडेललाई फसाउँने ललिता निवास हो त ?
काङ्ग्रेस नेता देवेन्द्रराज कँडेल १० हजार मतान्तरले बिजयी
काङ्ग्रेस नेता देवेन्द्रराज कँडेल १० हजार मतान्तरले बिजयी
मालपोतका कर्मचारी मिलेर लालपूर्जामा अर्कैको फोटो टाँसेर बेचिदिएपछि….
मालपोतका कर्मचारी मिलेर लालपूर्जामा अर्कैको फोटो टाँसेर बेचिदिएपछि….
पहिलो टी–२० क्रिकेटमा भारत अष्ट्रेलियासँग ४ रनले पराजित
पहिलो टी–२० क्रिकेटमा भारत अष्ट्रेलियासँग ४ रनले पराजित
सामुदायिक रेडियोको परीक्षण प्रसारण सुरु
नेपाली सीमा अतिक्रमणप्रति तरुण दलको ध्यानाकर्षण
नेपाली सीमा अतिक्रमणप्रति तरुण दलको ध्यानाकर्षण
‘निशा घिमिरे स्मृति पुरस्कार’ अभिनेत्री पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई प्रदान
‘निशा घिमिरे स्मृति पुरस्कार’ अभिनेत्री पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई प्रदान

तपाईंले छुटाउनुभयो कि?