श्रीलङ्कामाथि अस्ट्रेलियाको सहज जीत

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १७, २०७९
|
|
२८ पटक हेरिएको
Shares
श्रीलङ्कामाथि अस्ट्रेलियाको सहज जीत

सारांश

  • श्रीलङ्काविरुद्धको पहिलो टेस्टमा अस्ट्रेलियाले १० विकेटको शानदार जीत हासिल गरेको छ ।
  • जीतका लागि मात्र ५ रनको लक्ष्य पाएको डेभिड वार्नरले एक चौका र छक्का हिर्काउँदै टोलीलाई जीत दिलाए ।
  • यसअघि श्रीलङ्का दोस्रो इनिङमा मात्र ११३ रनमा सीमित बनेको थियो ।

श्रीलङ्काविरुद्धको पहिलो टेस्टमा अस्ट्रेलियाले १० विकेटको शानदार जीत हासिल गरेको छ । जीतका लागि मात्र ५ रनको लक्ष्य पाएको डेभिड वार्नरले एक चौका र छक्का हिर्काउँदै टोलीलाई जीत दिलाए ।

यसअघि श्रीलङ्का दोस्रो इनिङमा मात्र ११३ रनमा सीमित बनेको थियो । श्रीलङ्कालाई सस्तोमा समेट्न नेथन लियोन र ट्राभिस हेडले ४-४ विकेट लिए भने मिचेल स्वीपसनले २ विकेट लिए । श्रीलङ्काका लागि कप्तान दिमुथ करुनारत्नेले २३ रनको योगदान दिए भने ओपनर पाथुन निशांकाले १४ रन बनाए ।

खेलमा अस्ट्रेलियाका क्यामरुन ग्रिन प्लेयर अफ द म्याच चुनिए । अस्ट्रेलियाले पहिलो पारीमा ३२१ रन बनाएको थियो भने श्रीलङ्काले २१२ रन बनाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?