प्रकाश दाहालको मृत्यु भएको १७ दिनपछि फेसबुक पेज कसरी अपडेट भयो ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २०, २०७४
|
|
२९ पटक हेरिएको
Shares
प्रकाश दाहालको मृत्यु भएको १७ दिनपछि फेसबुक पेज कसरी अपडेट भयो ?

सारांश

  • हृदयघातका कारण मंसिर ३ गते निधन भएका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको सामाजिक सञ्जाल फेसबुकले दोस्रो दिनमै ‘रिमेम्बरीङ’ दिएको थियो ।
  • प्रकाशको मृत्यु भएको ठिक १७ दिनपछि आज उनको फेसबुक पेज अपडेट भएको छ ।
  • यो समाचार तयार पार्नु एक घण्टा अघि Prakash Dahal / प्रकाश दाहाल नामक फेसबुक पेजमा ‘राष्ट्रको हितमा माओवादीलाई जे लाग्छ, त्यहि गर्छ’ लेखिएको प्रचण्डको फोटोसहित अपडेट भएको छ ।

हृदयघातका कारण मंसिर ३ गते निधन भएका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको सामाजिक सञ्जाल फेसबुकले दोस्रो दिनमै ‘रिमेम्बरीङ’ दिएको थियो । प्रकाशको मृत्यु भएको ठिक १७ दिनपछि आज उनको फेसबुक पेज अपडेट भएको छ ।

यो समाचार तयार पार्नु एक घण्टा अघि Prakash Dahal / प्रकाश दाहाल नामक फेसबुक पेजमा ‘राष्ट्रको हितमा माओवादीलाई जे लाग्छ, त्यहि गर्छ’ लेखिएको प्रचण्डको फोटोसहित अपडेट भएको छ । ताकि उक्त फेसबुक पेज नोभेम्बर १५ तारिकदेखि अपडेट थिएन् ।

Prakash Dahal / प्रकाश दाहाल नामक फेसबुक पेजको युजरनेम पहिला प्रकाशको थियो । तर अहिले उक्त पेजमा कमरेड प्रचण्ड युजरनेम राखिएको छ । उक्त युजरनेम परिवर्तन हुनाले पनि उक्त पेज प्रचण्डको सचिवालय वा कोहि परिवारका अन्य सदस्यले चलाउन खोज्दैछन् भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

अहिले फेसबुकले पेजको नाम सहजै परिर्वतन गर्न दिदैन्, त्यसैले पनि उक्त पेजको नाम मात्र चेन्ज भएको हुन सक्छ । प्रकाशको फेसबुक पेजमा यो समाचार तयार पार्दासम्म ५ लाख ३३ हजार ९ सय लाइक रहेको छ ।

(sapns2)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?