प्रचण्डकै वरिपरि नेपाली राजनीति, प्रचण्डले बनाएका छैटौं प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ६, २०७४
|
|
२१ पटक हेरिएको
Shares
प्रचण्डकै वरिपरि नेपाली राजनीति, प्रचण्डले बनाएका छैटौं प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं, फागुन ६ ।
  • विगत केही बर्षदेखिको नेपाली राजनीति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वरिपरि घुमेको देखिन्छ ।
  • अथवा नेपाली राजनीतिलाई उनले नै आफ्नै वरिपरि घुमाएको देखिन्छ ।

काठमाडौं, फागुन ६ । विगत केही बर्षदेखिको नेपाली राजनीति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वरिपरि घुमेको देखिन्छ ।

अथवा नेपाली राजनीतिलाई उनले नै आफ्नै वरिपरि घुमाएको देखिन्छ । २०५२ सालमा शुरु भएको सशस्त्र जनयुद्धका कमाण्डर हुँदै जनयुद्धलाई शान्तिमा रुपान्तरण गर्दै गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री समेत बने ।

२०६३ सालमा शान्ति वार्तामार्फत शान्ति प्रक्रियामा प्रवेश गरेका प्रचण्ड नेपालको राजनीतिका चालक नै बनेका छन् । प्रचण्ड शान्ति वार्तामा आउँदा शान्ति सम्झौतामा हस्ताक्षर गरी मूलुकमा शाति स्थापना गर्ने कार्यको प्रमुख २ हस्ताक्षरकर्तामध्ये प्रचण्ड मात्रै एक जीवित नेता हुन् ।

गिरीजाले प्रचण्डलाई अबको मूलुकको कार्यभार सम्हाल्नुपर्छ भनेका कुरा प्रचण्डले बारम्बार सम्झिरहन्छन् । गिरीजापछि नेपालको राजनीति प्रचण्डकै मियोमा घुमिरहेको देखिन्छ ।

माधव नेपाल
प्रचण्ड आफू प्रधानमन्त्री हुँदा राजनीतिको उच्च नैतिकता प्रदर्शन गर्दे प्रधानमन्त्री जस्तो पद परित्याग गर्ने नेता मात्रैमा सिमित भएनन् उनले निर्वाचनमा २ स्थानबाट पराजित भएका एमाले नेता माधव कुमार नेपाललाई संविधानसभाको सभासद बनाउने भूमिका खेले ।

पछि तीनै माधव नेपाल प्रचण्डको बहिर्गमनपछि नेपालको प्रधानमन्त्री बने ।

झलनाथ खनाल
प्रचण्ड नेपालका नेताहरुलाई प्रधानमन्त्री बनाउने सक्षम नेताको रुपमा पनि परिचय बनाएका छन् । उनले अर्का एमाले नेता तथा तत्कालिन अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीको प्रस्ताव गरे र बनाइछाडे । खनाल प्रचण्डको सहयोग र प्रस्ताव विना प्रधानमन्त्री बन्ने स्थिति थिएन ।

डा. बाबुराम भट्टराई
प्रचण्डको सहयोग र प्रस्तावमा प्रधानमन्त्री बन्ने अवसर पाएका अर्का नेता हुन् तत्कालिन माओवादी नेता डा. बाबुराम भट्टराई । उनी अहिले माओवादी परित्याग गरी नयाँ शत्ति नेपालको संयोजक बनेका छन् र अहिले गोर्खा क्षेत्र नं २ बाट सांसद बनेका छन् ।

शेरबहादुर देउवा
प्रचण्डले प्रधानमन्त्री बनाएका अर्का पात्र वा नेता हुन् कांग्रेस सभापति शेरबहादुर देउवा ।

प्रचण्डले आफ्नै प्रस्तावमा प्रधानमन्त्री बनाएका एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरी प्रधानमन्त्रीबाट हटाएर फेरी आफ्नै प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएका थिए ।

केपी शर्मा ओली
प्रचण्डले प्रधानमन्त्री बनाएका अर्का नेता हुन् एमाले अध्यक्ष के पी शर्मा ओली । ओलीलाई प्रचण्डले आफ्नै प्रस्तावमा प्रधानमन्त्री बनाएका थिए ।

अहिले पनि ओलीलाई प्रचण्डकै प्रस्तावमा प्रधानमन्त्री बन्ने अवसर जुरेको छ । ओली र प्रचण्ड दुवै जना अहिले बाम गठबन्धनका प्रमुख नेताको रुपमा खडा भएका छन् ।

ओली दोस्रो पटक नेपालको सर्वोच्च पद प्रधानमन्त्रीमा नियुक्त भएका छन् । अहिलेको ताजा जनादेश अनुसार पनि ठूलो दल एमाले र दोस्रो दल काग्रेस दुवैको स्पष्ट बहुमत नभएकोले दुवैलाई सरकार बनाउन प्रचण्डको काँध अनिवार्य जस्तै देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?