हस्तकलाको सीपले आत्मनिर्भर

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १८, २०७५
|
|
३६ पटक हेरिएको
Shares
हस्तकलाको सीपले आत्मनिर्भर

सारांश

  • पाल्पा, १८ फागुन,पाल्पा जिल्ला बगनासकाली गाउँपालिका बराङदीकी तुलसी गैरेको तानसेन मेहलधारामा हस्तकला केन्द्र सञ्चालनमा छ ।
  • त्यहाँ उहाँ क्रिष्टल माला, औठी, टप, चुरा, गुडिया तथा खेलौना बनाउनुहुन्छ ।
  • श्रम र पसिना खर्चेर दुई चार पैसा कमाउन सकिने अनुभव उहाँले सुनाउनुभयो ।

पाल्पा, १८ फागुन,पाल्पा जिल्ला बगनासकाली गाउँपालिका बराङदीकी तुलसी गैरेको तानसेन मेहलधारामा हस्तकला केन्द्र सञ्चालनमा छ । त्यहाँ उहाँ क्रिष्टल माला, औठी, टप, चुरा, गुडिया तथा खेलौना बनाउनुहुन्छ ।

श्रम र पसिना खर्चेर दुई चार पैसा कमाउन सकिने अनुभव उहाँले सुनाउनुभयो । गैरे हस्तकलाका उत्पादित सामाग्री बिक्री गरेर केही पैसा कमाउन सफल हुनुभएको छ । यसबाट आत्मनिर्भर बनेपछि सन्तृष्टि मिलेको गैरेको भनाइ छ ।

विसं २०५९ मा बगनासकाली गाउँपालिका पोखराथोककी १८ वर्षीया गैरे र बराङ्दीका २१ वर्षीय दीपक घिमिरे बीच विवाह भयो । विवाहको पाँच वर्षपछि गैरेले जीवनसाथी दीपकलाई गुमाउनु पर्दा ठूलो पीडा भयो । श्रीमान् गुमाउनुपर्दा साहाराविहीन मात्र होइन पारिवारिक समस्याकोसमेत चाङ लाग्यो । समस्यामाझ शिक्षण पेशा रोज्न बाध्य हुनुप¥यो । छोरासाथ तानसेनमा बस्नुभएकी गैरेका लागि छोरा र विद्यालय दुवैतर्फ समय निकाल्न निकै मुस्किल भयो । अहिले नौ वर्षको शिक्षण पेशा छाडेर उहाँ हस्तकला व्यवसायमा रमाउनुभएको छ ।

बिहानको समयमा छोराको पढाइलेखाइमा ध्यान दिन भ्याउनुहुन्छ भने दिउँसोमा हस्तकला केन्द्रको व्यवस्थापनमा खटनुहुन्छ । छोरा आदर्श कक्षा ८ मा अध्ययनरत छन् ।

आजकल घरमा सजावटकारुपमा गुडिया तथा खेलौनाको प्रयोग गर्नेक्रम बढ्दो छ । क्रिष्टल माला, औठी, टप, चुरा खोज्नेहरु तानसेनको मेहल्धाराको तुलसी हस्तकला धाउँछन् । हस्तकला सञ्चालनपछि मासिक रु २५ हजार कमाई हुने गैरेको भनाइ थियो ।

हस्तकलाबाट समान बेच्ने र पैसा कमाउने मात्र गैरेको उद्देश्य होइन । अन्य एकल महिलालाई पनि रोजगार र स्वरोजगार बनाउने उहाँको चाहना छ । “आफूले जानेको हस्तकलाको सीप अरु महिलालाई पनि बाँड्न तयार छु, आफूजस्तै एकल महिलालाई सक्षम बनाउन प्रशिक्षण सञ्चालनमा समय निकाल्छु, तालीम चलाउन गाउँगाउँमा पुग्छ”,तुलसीले भन्नुभयो । हालसम्म १५० एकल तथा अन्य महिलालाई तालीम दिइएको उहाँको भनाइ थियो ।

“केहीलाई आफूले जानेको सीप सिकाउन र अन्य महिला पनि आत्मनिर्भर होउन भनेर हस्तकला प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको हो”, तुलसीले भन्नुभयो । सस्तो र राम्रो पनि हुने भएकाले अधिकांश महिलाको क्रिष्टल सामाग्रीप्रति आकर्षण बढेको पाइन्छ ।

बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हस्तकला सिकाउन व्यस्त गैरे सामाजिक रूपमा एकल महिलाका हकअधिकार सुनिश्चितताका लागि आवाज उठाउने निडर महिलाका रुपमा परिचित हुनुहुन्छ । मानवअधिकारका लागि एकल महिला समूह पाल्पाको अध्यक्ष, मानवअधिकार तथा शान्ति समाजमा सहसचिव तथा राष्ट्रसेविका नेपाल अञ्चल संयोजकमा रहेर भूमिका निभाउन उहाँ सफल हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरिसृपको नयाँ प्रजाति ‘बाघे माउसुली’ भेटियो
सरिसृपको नयाँ प्रजाति ‘बाघे माउसुली’ भेटियो
माघ १४ गते पत्रपत्रिकाहरुमा छापिएका मुख्य समाचारहरु
माघ १४ गते पत्रपत्रिकाहरुमा छापिएका मुख्य समाचारहरु
मिथिला कलाको प्रतीकात्मक अर्थबोध
मिथिला कलाको प्रतीकात्मक अर्थबोध
बि.सं.२०७४ साल माघ ८ गते सोमवारको राशिफल
बि.सं.२०७४ साल माघ ८ गते सोमवारको राशिफल
आगलागीबाट धनमाल क्षति
आगलागीबाट धनमाल क्षति
नयाँ मापदण्ड अनुसार राजदूत नियुक्ति गर्ने सरकारको तयारी,  यि देशमा छ राजदूत पद रिक्त !
नयाँ मापदण्ड अनुसार राजदूत नियुक्ति गर्ने सरकारको तयारी, यि देशमा छ राजदूत पद रिक्त !
अस्तित्व मेटिँदै गरेका डोटीका दरबार
अस्तित्व मेटिँदै गरेका डोटीका दरबार
युवाको सक्रियतामा पाँच रातको महाकाली नाच सम्पन्न !
युवाको सक्रियतामा पाँच रातको महाकाली नाच सम्पन्न !
भोलि पूर्वराजाका नातिको व्रतबन्ध, राष्ट्रपतिसहित ३ हजारलाई निम्तो
डेङ्गु विरुद्ध देशव्यापी तीनमहिने अभियान सुरु: ‘सफा शुक्रबार’ मार्फत लामखुट्टेको बासस्थान नष्ट गरिने, जनसचेतनाका कारण सङ्क्रमण घट्दो
डेङ्गु विरुद्ध देशव्यापी तीनमहिने अभियान सुरु: ‘सफा शुक्रबार’ मार्फत लामखुट्टेको बासस्थान नष्ट गरिने, जनसचेतनाका कारण सङ्क्रमण घट्दो