प्रदेश नं १ को काँग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १५, २०७९
|
|
३८ पटक हेरिएको
Shares
प्रदेश नं १ को काँग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

सारांश

  • काठमाडौँ ।
  • प्रदेश नं १ को नेपाली काँग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित हुनुभएको छ ।
  • उहाँ कुल १८ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

काठमाडौँ । प्रदेश नं १ को नेपाली काँग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित हुनुभएको छ ।उहाँ कुल १८ मत प्राप्त गरी विजयी हुनुभएको हो । थापाका निकटतम प्रतिद्वन्द्वी प्रदेशसभा सदस्य केदार कार्कीले नौ तथा अमृत अर्यालले दुई मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन प्रक्रिया अनुरूप आज बिहान नौ बजेदेखि १० बजेसम्म मतदान भएको थियो । प्रदेश १ मा काँग्रेसको कुल २९ सदस्य रहेका छन् । नेता थापा नेपाली काँग्रेस प्रदेश नं १ का सभापतिसमेत हुनुहुन्छ । निर्वाचन नेपाली काँग्रेस प्रदेश नं १ का उपसभापति रमेश जङ्ग रायमाझीको संयोजकत्वमा भएको थियो ।

निर्वाचनपछि दलका नेता थापाले प्रदेश नं १ का नामकरण गर्ने पहिलो प्राथमिकता रहेको भन्दै काँग्रेसले प्रदेशमा प्रतिपक्षको भूमिकाबाट रचनात्मक भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो ।

उहाँले सत्तापक्षको असल कामको समर्थन एवं प्रशंसा गर्ने र गलत कामको विरोध गर्ने धारणा राख्दै काँग्रेस प्रजातान्त्रिक पार्टी भएकाले प्रजातान्त्रिक मूल्य र मान्यताको आधारमा चल्ने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिमपातले परीक्षार्थी थरथर काप्दै, परीक्षा दिँदै
हिमपातले परीक्षार्थी थरथर काप्दै, परीक्षा दिँदै
कस्ले गराही रहेको छ देशब्यापी बम हमला ?
कस्ले गराही रहेको छ देशब्यापी बम हमला ?
चार महिने अभियानको समापन पछि विचार केन्द्रित अर्को अभियान सुरू गर्छौंः प्रधानमन्त्री दाहाल
चार महिने अभियानको समापन पछि विचार केन्द्रित अर्को अभियान सुरू गर्छौंः प्रधानमन्त्री दाहाल
महिला क्रिकेटमा नेपाल बङ्गलादेशसँग १० विकेटले पराजित
महिला क्रिकेटमा नेपाल बङ्गलादेशसँग १० विकेटले पराजित
प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने
प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने
किरात समुदायको महान् पर्व साकेला शुरू
किरात समुदायको महान् पर्व साकेला शुरू
एनएमबि बैंकका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने
एनएमबि बैंकका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने
छोरा-भतिजालाई नेता बनाउन महामन्त्री सशांकले राखे तरुण दलमा भागबण्डाको प्रस्ताव !
अन्नपूर्ण पदमार्गमा धर्म र पर्यटनलाई जोड्दै पूजनीयम बराह
अन्नपूर्ण पदमार्गमा धर्म र पर्यटनलाई जोड्दै पूजनीयम बराह
सांसदले उठाए किसानका समस्यादेखि सवारी चालक अनुमतिपत्रको मापदण्डका विषय
सांसदले उठाए किसानका समस्यादेखि सवारी चालक अनुमतिपत्रको मापदण्डका विषय