प्रदेश नम्बर १ मा अब प्रतिनिधिसभाका ७ ठाउँको परिणाम आउन बाँकी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
२९ पटक हेरिएको
Shares
प्रदेश नम्बर १ मा अब प्रतिनिधिसभाका ७ ठाउँको परिणाम आउन बाँकी

सारांश

  • मंसिर २४ – प्रदेश नम्बर १ को मतगणना अन्तिम चरणमा पुगेको छ ।
  • प्रतिनिधिसभातर्फ २८ क्षेत्र रहेको प्रदेश नम्बर १ मा अब ७ क्षेत्रको मात्र अन्तिम परिणाम आउन बाँकी छ ।
  • २१ सिटको अन्तिम परिणाम आउँदा एमालेले १५ सिट जितेको छ ।

मंसिर २४ – प्रदेश नम्बर १ को मतगणना अन्तिम चरणमा पुगेको छ । प्रतिनिधिसभातर्फ २८ क्षेत्र रहेको प्रदेश नम्बर १ मा अब ७ क्षेत्रको मात्र अन्तिम परिणाम आउन बाँकी छ ।

२१ सिटको अन्तिम परिणाम आउँदा एमालेले १५ सिट जितेको छ । माओवादी केन्द्रले ४ ठाउँमा जितेको छ भने कांग्रेस र राप्रपाले एक एक ठाउँमा जित हात पारेका छन् ।

प्रदेश नम्बर १ का १४ जिल्लामध्ये अब सुनसरी, झापा, तेह्रथुम, संखुवासभा र उदयपुरका केही क्षेत्रको अन्तिम परिणाम आउन बाँकी छ । तेह्रथुममा प्रतिनिधिसभातर्फको परिणाम आउन बाँकी छ । संखुवासभामा अहिलेसमम्म प्रतिनिसभाको एक र प्रदेशसभाका २ क्षेत्रकै अन्तिम परिणाम आउन बाँकी छ ।

सुनसरीमा प्रतिनिधिसभातर्फ चारवटै क्षेत्र र प्रदेशसभातर्फ ६ ठाउँको अन्तिम परिणाम आउन बाँकी छ । उदयपुरमा प्रतिनिधिसभातर्फ एक र एउटा प्रदेशसभाको परिणाम आउन बाँकी छ । कहाँ कुन दलका कुन उम्मेदवारले कति मत सहित जिते र कहाँ कसले अग्रता लिइरहेका छन् भन्ने थाहा पाउन यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?