निरुदेवी पाल प्रकरण: ७५ जना प्रहरी नियन्त्रणमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १७, २०७५
|
|
२५ पटक हेरिएको
Shares
निरुदेवी पाल प्रकरण:  ७५ जना प्रहरी नियन्त्रणमा

सारांश

  • काठमाडौँ, १७ साउन।
  •  प्रतिनिधि सभाकी सांसद निरुदेवी पाललाई पेस्तोल ताकेर धम्काइयेको घटनामा अनुसन्धान गर्न प्रहरीले शंकास्पद ७५ जनालाई नियन्त्रणमा लिएको छ।
  • उनीहरूलाई अनुसन्धान गर्नको लागि महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

काठमाडौँ, १७ साउन।  प्रतिनिधि सभाकी सांसद निरुदेवी पाललाई पेस्तोल ताकेर धम्काइयेको घटनामा अनुसन्धान गर्न प्रहरीले शंकास्पद ७५ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई अनुसन्धान गर्नको लागि महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।सांसद पालले साउन १५ गते साँझ दूध किनेर फर्कदै गर्दा आफूलाई पेस्तोल देखाएर तर्साउने काम भएको भन्दै सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग बिहिबारको बैठकमा माग गरेकी थिइन्।

लगत्तै सरकारले घटनाको अनुसन्धान गर्नको लागि निर्देशन दिएको थियो ।

यसरी भयो ममाथि आक्रमण : सांसद पाल 

सांसद निरुदेवी पालमाथि मंगलबार साँझ ८ः१५ बजे दूध लिनका लागि मध्यबानेश्वरस्थित निवासबाट घर बाहिर निस्कएका बेलामा आक्रमण भएको हो । सांसद पालले भनिन्, “घर बाहिरको सडकमा निस्किएलगत्तै एक व्यक्तिले घाँटीमा अठ्याएर पेस्तोल तेस्र्याएर मेरो हातको मोेबाइल खोस्यो, भोलिको बैठक (संसदीय सुनुवाइ) मा गइस् भने मारिदिन्छु ।”

मंगलबारको घटनाबारे कुरा गर्दै उनले भनिन्, “कराइस् भने अहिले नै सिध्याइदिन्छु भन्यो, त्यसपछि त्यो व्यक्ति कता गयो मलाई त्यति होस् भएन, नजिकै तीन÷चार जना अरु मानिस पनि थिए, ती कता गए थाहा भएन ।” घटना लगत्तै सांसद पालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूमाथि भएको घटनाका बारेमा टेलिफोनमार्फत जानकारी गराएकि थिइन् । संसदीय सुनुवाइ समितिको बैठक प्रभावित हुन सक्ने भन्दै प्रधानमन्त्रीले उक्त घटना सार्वजनिक नगर्न भनेपछि आफूले परिवारका सदस्यलाई पनि  बताउछिन् ।

बुधबारको संसदीय सुनुवाइ समितिको बैठकलाई जानकारी गराएपछि सो घटना सार्वजनिक भएको हो । बुधबार नै उनीसहित समितिका सात सदस्यलाई सुरक्षा व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Rai Man

    Jhut ko kheti garna nikai khappi rahechhan yee sabhasad.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?