प्रदेश ३ सरकारले १३ जिल्ला लक्षित गर्दै १० हिल स्टेशन बनाउने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १२, २०७५
|
|
३८ पटक हेरिएको
Shares
प्रदेश ३ सरकारले १३ जिल्ला लक्षित गर्दै १० हिल स्टेशन बनाउने

सारांश

  • दिपक पराजुली , हेटौडा, १२ असाेज  ।
  • प्रदेश न ३ सरकारले पर्यटनलाइ प्रबर्धन गर्ने बृहत योजना अनुरुप आफ्ना १३ जिल्लालाई लक्षित गरि १० हिल स्टेशन बनाउने भएको छ।
  • प्रत्येक स्टेशन निर्माणमा ३ करोडका दरले खर्च हुने अनुमान गरिएको छ।

दिपक पराजुली , हेटौडा, १२ असाेज  । प्रदेश न ३ सरकारले पर्यटनलाइ प्रबर्धन गर्ने बृहत योजना अनुरुप आफ्ना १३ जिल्लालाई लक्षित गरि १० हिल स्टेशन बनाउने भएको छ। प्रत्येक स्टेशन निर्माणमा ३ करोडका दरले खर्च हुने अनुमान गरिएको छ। मकवानपुरको भीमफेदीदेखि ,इन्द्रसरोवरसम्म र ,दामनको सिमभंज्यांग बाट चित्लाङ्गको चन्द्रागिरि सम्म पर्यटकीय क्षेत्रको रुपमा बिकाश गर्ने बताइएको छ।

३९ औ पर्यटन दिवसको अवसरमा मुख्यमन्त्री डोरमणि पौडेलले भीमफेदी गाउपलिकाको झिरघारी मैत्री बगैचा ,घुम्न जाउ दामन बर्ष २०७५ को झन्डातोलन ,चित्लाङ्ग पर्यटक भ्यु टावर र भीमफेदी ,इन्द्रसरोवर र थाहा नगरपालिका हिल स्टेशन कम्प्लेसको सुभारम्भ कार्यक्रमको उदघाटन गर्नु भएको हो। १० स्थानमा हिल स्टेशन विकास गर्न प्रदेश सरकारले सुरु गरिसकेको बताउदै मुख्यमन्त्री पौडेलले पर्यटकीय सम्भावना रहेको क्षेत्रमा सरकारको मात्र नभई स्थानीय तह तथा स्थानीय बासीको समेत सहयोग हुनुपर्ने बताउनु भयो। पर्यटकलाई घुम्न आउने वातावारणको लागि सबैले आफ्नो ठाउको विकास गर्नुपर्ने बताउदै प्रदेश ३ पर्यटकीय स्थलको धनि भएकोले यसको उच्चतम प्रयोग गरि आर्थिक समृदीमा सहभागी हुन् आग्रह गर्नुभयो।

प्रदेशको उधोग ,पर्यटन ,बन तथा वातावारण मन्त्रालयले आयोजना गरेको पर्यटकीय क्षेत्र बिकासको लागि ३ वटा पालिकामा गुरुयोजना बनाइ बिभिन्न कार्यक्रम समेत घोषणा गरिएको छ। गुरुयोजना भित्र २० बर्ष अघिका स्थापना भएका मैत्री बगैचा पनि पर्नेछन जसको व्यवस्थापनका लागि सरकारले २५ लाख र भीमफेदी गाविसले २० लाख खर्च गर्ने निर्णय भैसकेको छ। पर्यटन क्षेत्रको बिकासको लागि मन्त्रालयको धेरै योजना रहेको बताउदै उद्योग पर्यटन बन तथा वातावरण मन्त्री अरुण नेपालले पर्यटनको आकर्षण संगै उनीहरुको व्यवस्थापनमा पनि जोड दिन जरुरि रहेको बताउनु भयो।कार्यक्रममा प्रदेश ३ का आर्थिक योजना तथा योजना मन्त्री ,आन्तरिक योजना तथा कानुन मन्त्री ,भुमि व्यवस्था तथा कानुन मन्त्री ,कृषि तथा सहकारी मन्त्री , प्रमुख सचिब , जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलाल , थाहा नगर प्रमुख लबशेर बिस्ट , इन्द्र सरोवर र भिम्भेदी गाउपालिका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?