प्रधानमन्त्री ओली र प्रचण्डबीच भयो यस्तो सहमति

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
४६ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली र प्रचण्डबीच भयो यस्तो सहमति

सारांश

  • भक्तपुर, ५ फागुन ।
  • प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
  • प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा आज भएको डेढ घण्टा लामो भेटवार्तामा दुई पार्टीबीच एकीकरण र सरकारमा सहभागिताका बारेमा छलफल भएको बताइएको छ ।

भक्तपुर, ५ फागुन । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा आज भएको डेढ घण्टा लामो भेटवार्तामा दुई पार्टीबीच एकीकरण र सरकारमा सहभागिताका बारेमा छलफल भएको बताइएको छ ।

भेटवार्तापछि अध्यक्ष ‘प्रचण्ड’ ले पार्टी एकताकाबारेमा छलफल भएको प्रतिक्रिया दिए । उनले भने–“पार्टी एकताका विषयमा कुराकानी भएको हो, एकताकाबारेमा छलफल सकारात्मक रुपमा अगाडि बढिरहेको छ, छिटो पार्टी एकता घोषणा गर्ने पहल जारी छ ।”

सो अवसरमा प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले भोली पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएकाले त्यसको तयारीका लागि आज दुई अध्यक्ष बिच छलफल भएको जानकारी दिए ।

भोली बस्ने एकता समितिको बैठकमा पार्टी एकता र सरकारमा सहभागिताका बिषयमा विस्तृत छलफल हुने र त्यसकै तयारीका लागि दुई पार्टीका अध्यक्ष बिच छलफल भएको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनतामाथि कालोबजारीको मार, सरकार मौन
जनतामाथि कालोबजारीको मार, सरकार मौन
किष्ट बैंक घोटालामा संलग्न घर्ती र श्रेष्ठ पक्राउ, नयाँ कसुरमा पक्राउ गरेको प्रहरीको दाबी
किष्ट बैंक घोटालामा संलग्न घर्ती र श्रेष्ठ पक्राउ, नयाँ कसुरमा पक्राउ गरेको प्रहरीको दाबी
एमाले नेता शेरधन राई बने प्रदेश सभाको उम्मेदवार
एमाले नेता शेरधन राई बने प्रदेश सभाको उम्मेदवार
खानेपानी मन्त्रीद्धारा विद्यालयलाई एक लाख सहयोग घोषणा
खानेपानी मन्त्रीद्धारा विद्यालयलाई एक लाख सहयोग घोषणा
रुपन्देहीका ६ वटा स्थानीय तहमा मतगणना शुरु ।
रुपन्देहीका ६ वटा स्थानीय तहमा मतगणना शुरु ।
आज राष्ट्रपतिको चुनाव, विद्या र लक्ष्मी भिड्दै, ६ जनाले भोट नदिने,
ट्रम्प-नेतान्याहुबीच गाजा युद्ध अन्त्य गर्ने २०-बुँदे योजना, समीक्षा गर्दै हमास
ट्रम्प-नेतान्याहुबीच गाजा युद्ध अन्त्य गर्ने २०-बुँदे योजना, समीक्षा गर्दै हमास
उपेन्द्र यादवको निर्वाचन अभियान सप्तरीको मलेठबाट
उपेन्द्र यादवको निर्वाचन अभियान सप्तरीको मलेठबाट
गाडी सुविधा नदिएको झोंकमा उपमेयरले च्यातिन् माइन्यूट
गाडी सुविधा नदिएको झोंकमा उपमेयरले च्यातिन् माइन्यूट
यी ४ राशिका अघि किन अरु राशि किन कमजोर हुन्छन ?
यी ४ राशिका अघि किन अरु राशि किन कमजोर हुन्छन ?