प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मत कायमै छ : सांसद चौधरी

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ६, २०७९
|
|
४२ पटक हेरिएको
Shares
प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मत कायमै छ : सांसद चौधरी

सारांश

  • काठमाडौँ ।
  • नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने बताए ।
  • प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको बोल्दै उनले भने,“प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत कायमै छ, राष्ट्रपति, उपराष्ट्रपतिलाई पनि मत दियौँ तर रेशम चाधैरीलगायत टीकापुर राजबन्दीको रिहाइमाग पूरा भएको छैन ।

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने बताए ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको बोल्दै उनले भने,“प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत कायमै छ, राष्ट्रपति, उपराष्ट्रपतिलाई पनि मत दियौँ तर रेशम चाधैरीलगायत टीकापुर राजबन्दीको रिहाइमाग पूरा भएको छैन ।”

छलफलका क्रममा सांसद अमरेशकुमार सिंहले मुलुक राजनीतिक स्थीरताका लागि नभई भागबन्डामा चलिरहेको आरोप लगाए ।“अरुलाई स्थीरताको उद्देश्य सिकाएर आफू अस्थिर बन्नेलाई राजनीतिक भागबन्डा भनिन्छ । देशको समस्या राजनीतिक भागबन्डा हो ।”

उनले जनताको गुणस्तरीय शिक्षा र स्वास्थ्यमा पहुँच नपुगेसम्म देश समृद्ध नहुने स्पष्ट पारे ।

(https://ironman.greaterzion.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?