स्थानीय तहको जिम्मामा सहकारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १९, २०७५
|
|
५७ पटक हेरिएको
Shares
स्थानीय तहको जिम्मामा सहकारी

सारांश

  • बागलुङ, १९ वैशाख , जिल्लाका सहकारी संस्थाको सबै जिम्मेवारी स्थानीय तहमा सरेको छ ।
  • डिभिजन सहकारी कार्यालयले सहकारी संस्थाको अभिलेख स्थानीय तहलाई हस्तान्तरण गरेको हो ।
  • अबदेखि सहकारी संस्थाको दर्ता, अनुगमन, नियमन लगायतका काम स्थानीय तहबाटै हुनेछ ।

बागलुङ, १९ वैशाख , जिल्लाका सहकारी संस्थाको सबै जिम्मेवारी स्थानीय तहमा सरेको छ । डिभिजन सहकारी कार्यालयले सहकारी संस्थाको अभिलेख स्थानीय तहलाई हस्तान्तरण गरेको हो ।

अबदेखि सहकारी संस्थाको दर्ता, अनुगमन, नियमन लगायतका काम स्थानीय तहबाटै हुनेछ । संघीयताको कार्यान्वनसँगै सहकारी संस्था पनि स्थानीय तहको मातहतमा पुगेका छन् ।

एक स्थानीय तहभित्र कार्यक्षेत्र भएका सहकारी सोही स्थानीय तहलाई हस्तान्तरण गरिएको कार्यालय प्रमुख विष्णुप्रसाद शर्माले बताउनुभयो । एक भन्दा बढी स्थानीय तहमा कार्यक्षेत्र भएका सहकारी भने प्रदेश सरकारमा हस्तान्तरण हुने उहाँको भनाइ छ । जिल्लामा १२४ सहकारी संस्थाका दई वा दुई भन्दा बढी स्थानीय तह कार्यक्षेत्र रहेकाले प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको छ ।

चारसय सत्तरीमध्ये ३४६ सहकारी संस्था स्थानीय तहको मातहतमा रहने भएका छन् । जिल्लामा रहेका चार नगरपालिकामध्ये सबै भन्दा बढी बागलुङ नगरपालिकामा १४५ सहकारी छन् भने गलकोटमा ५३, जैमिनीमा ३७ र ढोरपाटनमा ११ वटा छन् । छवटा गाउँपालिकामध्ये काठेखोला गाउँपालिकाका ४३, बडिगाडका २०, ताराखोलाका १४, निसीखोलाका १०, तमानखोलाका सात र बरेङका सात सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।

डिभिजन कार्यालय अन्तर्गत रहेका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ गरी चारै जिल्लाका सहकारी स्थानीय तहमा हस्तान्तरण भइसकेका कारण सहकारी संस्था सम्पूर्ण रुपमा स्थानीय तहको मातहतमा पुगेका उल्लेख गर्दै प्रमुख शर्माले भन्नुभयो, “दर्ता, नियमन लगायतका सबै काम स्थानीय तहबाटै हुन्छ ।” स्थानीय तहलाई सहकारी ऐन र नीति बनाउन सक्ने सम्मको अधिकार दिइएको छ ।

कपितय स्थानीय तहले सहकारी ऐन निर्माण गरेर पारित समेत गरिसकेका छन् । ऐन, नियम निर्माणदेखि सहकारी नियमनका विषयमा डिभिजन कार्यालयले स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतलाई अभिमुखीकरण समेत गरेको छ । सहकारी संस्था स्थानीय तहको मातहत रहदा अनुगमन तथा नियमन थप सहज र प्रभावकारी बन्ने ठानिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली भूमिमा भारतीय बस्ती !
नेपाली भूमिमा भारतीय बस्ती !
फाँसीमा झुन्डिनुअघि रेहानेले भनिन, ‘आमा मलाई तपाईको हात एकपटक चुम्न दिनोस’
फाँसीमा झुन्डिनुअघि रेहानेले भनिन, ‘आमा मलाई तपाईको हात एकपटक चुम्न दिनोस’
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
नेपाल दोस्रो खेलमा हङ्‍कङद्वारा ४३ रनले पराजित
नेपाल दोस्रो खेलमा हङ्‍कङद्वारा ४३ रनले पराजित
बिनोदमणी राईको अध्यक्षतामा माओवादी केन्द्र ‘सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्च’ गठन
बिनोदमणी राईको अध्यक्षतामा माओवादी केन्द्र ‘सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्च’ गठन
जिप दुर्घटनामा ४ जनाको मृत्यु
जिप दुर्घटनामा ४ जनाको मृत्यु
प्राचीन सारस्वरनाथ महादेव मन्दिरबाट चाँदीको जलहरी र दानपेटिका चाेरी
प्राचीन सारस्वरनाथ महादेव मन्दिरबाट चाँदीको जलहरी र दानपेटिका चाेरी
‘कम्युनिष्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल’
‘कम्युनिष्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल’
विराटनगरमा हुने साफ महिला च्याम्पियनसिप फुटबलमा पाकिस्तानले भाग नलिने
विराटनगरमा हुने साफ महिला च्याम्पियनसिप फुटबलमा पाकिस्तानले भाग नलिने
सिरियाको गुटामामात्र दुई हप्तामा ३ सय ४६ नागरिक मारिए, ८७८ घाइते
सिरियाको गुटामामात्र दुई हप्तामा ३ सय ४६ नागरिक मारिए, ८७८ घाइते