प्राधिकरणले विद्युत कटौती गर्दा एउटा उद्योगमा ७ करोडसम्म घाटा

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १, २०८०
|
|
२८ पटक हेरिएको
Shares
प्राधिकरणले विद्युत कटौती गर्दा एउटा उद्योगमा ७ करोडसम्म घाटा

सारांश

  • काठमाडौं ।
  • नेपाल विद्युत प्राधिकरणले गत पौष ९ गते विद्युत लाइन कटौती गरेका उद्योगहरुमा लाइन जोडेको छ ।
  • प्राधिकरणले विद्युत लाइन कटौती गरेका २३ वटा उद्योगमा लाइन जोडेको हो ।

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत पौष ९ गते विद्युत लाइन कटौती गरेका उद्योगहरुमा लाइन जोडेको छ । प्राधिकरणले विद्युत लाइन कटौती गरेका २३ वटा उद्योगमा लाइन जोडेको हो । गत मंगलवार मन्त्रिपरिषद्को बैठकले प्राधिकरण र उद्योगीहरूबीचको डेडिकेटेड र ट्रंक लाइन विद्युत महशुल वक्यौताको विवाद समाधानका लागि जाँचबुझ समिति गठन गरी प्राधिकरणलाई विद्युत कटौती गरेका उद्योगहरुमा लाइन जोड्न सरकारले निर्देशन समेत दिएको थियो ।

विद्युत प्राधिकरणका अनुसार उद्योगहरुले २०७२ माघदेखि २०७५ वैशाखसम्मको ६ अब र २०७५ सालदेखि अहिलेसम्मको ८ अर्ब रूपैयाँ प्रिमियम शुल्क,जरिवाना र ब्याजसमेत गरी २२ अर्ब २४ करोड रूपैयाँ भुक्तानी दिन बाँकी छ । उद्योगहरूबाट २०७२ माघअघि देखिको डेडिकेटेड र ट्रंक लाइनको ९७ करोड रूपैयाँ प्रिमियम महशुल लिन बाँकी रहेको प्राधिकरणले दाबी गर्दै आएको छ । विद्युत प्राधिकरणले उद्योगहरुको विद्युत कटौतीसँगै उद्योगीहरुले प्राधिकरणले विद्युत प्रयोग गरेको प्रमाण दिए विद्युत महशुल तिर्न तयार रहेको बताउँदै आएका छन् ।

प्राधिकरणले एक्कासी डेडिकेटेड र ट्रंक लाइनको महशुल विवादमा उद्योगहरुको विद्युत कटौती गर्दा एउटा उद्योगमा ७ करोडसम्म घाटा भएको जगदम्बा सेन्थेटिक्स प्रा.लि.का प्रशासकीय अधिकृत रत्नप्रसाद आचार्यले बताए । उनले उद्योगको विद्युत कटौती गर्दा एउटा उद्योगका ६ सय श्रमिकहरुको रोजगारी समेत घुम्ने अवस्थामा पुगेको बताए । उनले विद्युत कटौती हुँदा उद्योगले १५ दिनमा ३ करोड बराबरको इन्धन खपत गरेको बताए ।

मन्त्रीपरिषद्को निर्णय समेत अवज्ञा गरेर विद्युत प्राधिकरणले एकलौटी अधिकारको प्रयोग गरेर उद्योगहरुलाई बिस्थापित हुने डर भएको उनको भनाई छ । उनले मन्त्रिपरिषद्को बैठकले प्राधिकरण र उद्योगीहरूबीचको विवाद समाधानका लागि जाँचबुझ समिति गठन गरी विद्युत जोड्ने निर्णय भएको तीन दिनपछि मात्रै विद्युत जोडिएको बताए ।

उनले भने,‘ नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महशुल वक्यौता उठाउन भन्दै पौष १३ गते राति विद्युत कटौती गरेको थियो । विद्युत कटौती गर्दा यस उद्योगमा कार्यरत ६ सय श्रमिकको विचल्ली हुने अवस्था आएको थियो । उद्योग इन्धनबाट सञ्चालन गर्दा १५ दिनमा कम्तीमा ३ करोड भन्दा बढीको इन्धन खपत भएको छ । मन्त्रीपरिषद्को निर्णय समेत अवज्ञा गरेर विद्युत प्राधिकरणले एकलैटी अधिकारको प्रयोग गरेर उद्योगहरुलाई बिस्थापित गर्नसक्ने डर लागेको छ । छानविन आयोगले छानविन गर्दैछ ।’

मन्त्रीपरिषद्ले प्राधिकरण र उद्योगीहरूबीचको डेडिकेटेड र ट्रंक लाइन विद्युत महशुल वक्यौताको विवाद समाधानका लागि जाँचबुझ समिति गठन गरी उद्योगमा लाइन जोड्ने निर्णय गरेको तीन दिनपछि मात्रै प्राधिकरणले सबै उद्योगमा लाइन जोडिदिएको छ । डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरी चलाएको विद्युतको प्रिमियम वक्यौता नतिरेको भन्दै प्राधिकरणले गत पुस ९ गतेबाट उद्योगमा लाइन काट्न शुरु गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थाहा पाउनुहोस् शनिबारको राशिफल
थाहा पाउनुहोस् शनिबारको राशिफल
आज नेप्सेमा दोहोरो अंकको गिरावट, इन्फ्रास्ट्रक्चर बैंकको १० प्रतिशतले शेयरमुल्य बृद्धि
आज नेप्सेमा दोहोरो अंकको गिरावट, इन्फ्रास्ट्रक्चर बैंकको १० प्रतिशतले शेयरमुल्य बृद्धि
ज्येष्ठ नागरिक हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज : राष्ट्रपति
कहिले हुने हो भरतपुर–१९ मा पुनः मतदान ? मिति तोक्न सर्वदलीय बैठक बस्दै
कहिले हुने हो भरतपुर–१९ मा पुनः मतदान ? मिति तोक्न सर्वदलीय बैठक बस्दै
बालुवाटारको हस्ताक्षर अभियानप्रति मन्त्रीहरु असन्तुष्ट
बालुवाटारको हस्ताक्षर अभियानप्रति मन्त्रीहरु असन्तुष्ट
महिलालाई आत्मनिर्भर बनाउँदै जुम्लाको तिला गाउँपालिका
महिलालाई आत्मनिर्भर बनाउँदै जुम्लाको तिला गाउँपालिका
रोचक जानकारी : नियमित सेक्स गर्ने महिलालाई यसरी चिन्नुस
रोचक जानकारी : नियमित सेक्स गर्ने महिलालाई यसरी चिन्नुस
परराष्ट्रमन्त्री ज्ञवाली र विभिन्न मुलुकका विदेशमन्त्रीसँग भेटवार्ता
परराष्ट्रमन्त्री ज्ञवाली र विभिन्न मुलुकका विदेशमन्त्रीसँग भेटवार्ता
अब बिहे नगरी बच्चा जन्माउन पाउने !
यिहुन प्रधानमन्त्रीलाई गुमराहमा राख्ने मुख्यसचिव, सचिव र सहसचिव !
यिहुन प्रधानमन्त्रीलाई गुमराहमा राख्ने मुख्यसचिव, सचिव र सहसचिव !

तपाईंले छुटाउनुभयो कि?