बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २५, २०८०
|
|
३४ पटक हेरिएको
Shares
बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल

सारांश

  • काठमाडौँ ।
  • सांसद रघुजी पन्तले आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा राखिएका विषय अमूर्त तथा विरोधाभाषपूर्ण रहेको बताएका छन् ।
  • बजेटका सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधिसभामा आज चलिरहेको छलफलमा उहाँले सो कुरा बताएका हुन् ।

काठमाडौँ । सांसद रघुजी पन्तले आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा राखिएका विषय अमूर्त तथा विरोधाभाषपूर्ण रहेको बताएका छन् ।

बजेटका सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधिसभामा आज चलिरहेको छलफलमा उहाँले सो कुरा बताएका हुन् । “एकतिस बुँदामा प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको प्रस्तुतिमा मूर्तरुप छैन । कुरा बाझिएका छन् । यसो गरिनेछ र उसो गरिनेछ भनिएको छ”, सांसद पन्तले भने, “तर आगामी आर्थिक वर्षको बजेट कहाँ केन्द्रित हुन्छ भनेर यो सिद्धान्त र प्राथमिकताका आधारमा अनुमान गर्न गाह्रो छ ।”

बजेटका सिद्धान्त र प्राथमिकतामा राखिएका बुँदा विरोधाभाषपूर्ण रहेको पनि उनको जिकिर थियो । “संसद्मा प्रस्तुत भएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको १६ नम्बर बुँदामा आन्तरिक आवश्यकता पूर्ति गरेर निर्यातयोग्य वस्तुका रुपमा जलविद्युत्लाई विकास गरिनेछ भनेर लेखिएको छ । अर्थात् व्यापार घाटा घटाउन निर्यातयोग्य वस्तुका रुपमा बिजुली रहने बताइएको छ तर त्यही अनुच्छेदमा विद्युत्को खपत बढाइ पेट्रोलियम पदार्थको खपत घटाउने उल्लेख छ”, उनले भने ।

कृषि र औद्यागिक क्षेत्र विस्तार गरी आयातमा परनिर्भरता घटाउनेतर्फ सरकारको नीति तथा कार्यक्रम र बजेट केन्द्रित हुनुपर्ने धारणा पनि सांसद पन्तले व्यक्त गरे । “किसानलाई नगद अनुदान दिइनुपर्ने तथा रैथानेबाली र प्राङ्गारिक खेती प्रवद्र्धन गर्ने नीति सरकारले लिनुपर्छ”, उनले भने ।

सरकारले विभिन्न आयोजनालाई अनावश्यक स्रोत सुनिश्चित गराएर आर्थिक भार थप्न नहुने पनि सांसद पन्तको भनाइ थियो । त्यसैगरी जलवायु परिवर्तनका असर न्यूनीकरण नेपालको मुख्य एजेन्डाका रुपमा रहनुपर्नेमा उनले जोड दिए ।

बैठकमा सांसद लेखनाथ दाहालले अर्थतन्त्रमा अहिलेको समस्याबारे सबै जानकार भए पनि ती समस्या समाधान कसरी गर्ने भनेर निकै कम मात्र बहस हुने गरको बताए ।

“अहिलेको समस्यालाई हामी सबैले बुझेका छौँ तर समाधानका उपाय के हुन् भनेर छलफल आवश्यक छ”, उनले भने, “पुँजी निर्माण गर्ने, उत्पादन र रोजगार बढाउने आयोजना बजेटको प्राथमिकतामा राखिनुपर्छ ।”

विगत वर्षमा पहुँचका आधारमा बजेट निर्माण हुने गरेको उल्लेख गर्दै सांसद दाहालले अब प्रणालीका आधारमा आवश्यकता र उत्पादनको प्रतिफल हेरेर बजेट लगानी गरिनुपर्ने बताए । नेपालमा उत्पादन हुने वस्तु आयातमा बन्देज लगाउनुपर्ने धारणा पनि उनको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुकुममा ५५ प्रतिशत मत खस्यो मतदान सकिए लगत्तै मत पेटिका संकलन गरी तत्कालै गणना सुरु गरिने छ ।
रुकुममा ५५ प्रतिशत मत खस्यो मतदान सकिए लगत्तै मत पेटिका संकलन गरी तत्कालै गणना सुरु गरिने छ ।
बाँकी भुटानी शरणार्थीको अवस्था के होला ? अर्को मुलुक समायोजनमा जालान कि भुटान फर्केलान ?
बाँकी भुटानी शरणार्थीको अवस्था के होला ? अर्को मुलुक समायोजनमा जालान कि भुटान फर्केलान ?
राष्ट्र ऋण उठाउने विधेयक, २०८० मा दुई सांसदको संशोधन प्रस्ताव
राष्ट्र ऋण उठाउने विधेयक, २०८० मा दुई सांसदको संशोधन प्रस्ताव
ईट्टा प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ
ईट्टा प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ
जापानलाइ डोनाल्ड ट्रम्पले दिए यस्ताे चेतावनि !
शहिद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइजर पुलीस क्लब बीच १-१ गोलको बराबरी
शहिद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइजर पुलीस क्लब बीच १-१ गोलको बराबरी
प्रधानमन्त्रीको सम्बोधन नै रोक्छु भन्नु कमिलाको प्वाँख पलाएजस्तै हो : पहारी,
प्रधानमन्त्रीको सम्बोधन नै रोक्छु भन्नु कमिलाको प्वाँख पलाएजस्तै हो : पहारी,
वर्षातको पानी सङ्कलनसम्बन्धी सम्मेलन
वर्षातको पानी सङ्कलनसम्बन्धी सम्मेलन
Salman Khan paid Kavi Kumar Azad’s medical bills 8 years ago, when he almost died!
Salman Khan paid Kavi Kumar Azad’s medical bills 8 years ago, when he almost died!
आजको विनिमयदर : अमेरिकी डलर र युरोको भाउ घट्यो
आजको विनिमयदर : अमेरिकी डलर र युरोको भाउ घट्यो

तपाईंले छुटाउनुभयो कि?