गाडी सुविधा नदिएको झोंकमा उपमेयरले च्यातिन् माइन्यूट

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १५, २०७४
|
|
२१ पटक हेरिएको
Shares
गाडी सुविधा नदिएको झोंकमा उपमेयरले च्यातिन् माइन्यूट

सारांश

  • जनकपुर, १५ माघ ।
  • धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपप्रमुख मीनाकुमारी यादवले नगर कार्यपालिका बैठकको माइन्युट च्यातचुत पारेकी छन् ।
  • बैठकमा आफूलाई गाडी सुविधा दिने विषय नराखिएकोमा आपत्ति जनाउँदै यादवले माइन्युट च्यातेकी हुन् ।

जनकपुर, १५ माघ । धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपप्रमुख मीनाकुमारी यादवले नगर कार्यपालिका बैठकको माइन्युट च्यातचुत पारेकी छन् । बैठकमा आफूलाई गाडी सुविधा दिने विषय नराखिएकोमा आपत्ति जनाउँदै यादवले माइन्युट च्यातेकी हुन् । उपप्रमुख यादवले नै माइन्युट च्यातेपछि नगर कार्यपालिका बैठक स्थगित भएको छ ।

नगरपालिकाको एउटा गाडीमा प्रमुख रामबाबु यादव चढ्दै आएका छन् । उपप्रमुख यादवले आफूलाई पनि गाडी सुविधा पाइनुपर्ने माग गरेकी थिइन् । आइतबारको बैठकमा उनलाई गाडी सुविधा दिने विषयमा प्रस्ताव नै नआएपछि “मलाई गाडी दिने विषय किन प्रस्तावमा नराखेको” भन्दै माइन्युट च्यातेकी हुन् ।

धनुषाका १८ वटा स्थानीय तहमध्ये १७ वटामा उपप्रमुखलाई भाडामा गाडी दिए पनि आफूलाई भने प्रमुख र कार्यकारी अधिकृतले गाडी नदिने षडयन्त्र गरेको आरोप लगाइन् । प्रमुख र कार्यकारी अधिकृतले आफ्ना कुरा नसुनेर आफ्नै ढंगले चलेको हुनाले माइन्युट च्यातिदिएको उनको दावी छ । आफूले १० वटा प्रस्ताव राखेको तर कुनै पनि बुँदा नपरेपछि सन्तुष्ट नभएर हस्ताक्षर नगर्ने भन्दै माइन्युट च्यातेको यादवले स्वीकार गरिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?