बजेट लगत्तै मन्त्रीहरु हेरफेर, लिष्ट रेडी

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २३, २०७६
|
|
२४ पटक हेरिएको
Shares
बजेट लगत्तै मन्त्रीहरु हेरफेर, लिष्ट रेडी

सारांश

  • लामो समयदेखि मन्त्री फेरबदल गर्ने चर्चा चलिरहे पनि विभिन्न कारणले सरकारले मन्त्री हेरफेर गर्न सकिरहेको थिएन ।
  • तर यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरु हेरफेर गर्न तयार भएका छन् ।
  • हिजो आइतबार प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा करिब करिब मन्त्रीहरु हेरफेर गर्नेबारे सहमति भइसकेको स्रोतको दाबी छ ।

लामो समयदेखि मन्त्री फेरबदल गर्ने चर्चा चलिरहे पनि विभिन्न कारणले सरकारले मन्त्री हेरफेर गर्न सकिरहेको थिएन । तर यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरु हेरफेर गर्न तयार भएका छन् । हिजो आइतबार प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा करिब करिब मन्त्रीहरु हेरफेर गर्नेबारे सहमति भइसकेको स्रोतको दाबी छ ।

आर्थिक वर्ष २०७६–७७ को बजेट ल्याएपछि मन्त्रिमण्डल हेरफेर हुने नेकपाका स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले जानकारी दिए । उनकाअनुसार अध्यक्षद्धयबीच भएको छलफलमा यस विषयमा हिजै छलफल तथा सहमति भइसकेको छ । को को मन्त्री बनाउने र अहिले भएका क–कसलाई फिर्ता बोलाउने भन्ने बारे पनि गहिरो छलफल भएको स्रोतको दाबी छ ।

(Ultram)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?