बाम गठबन्धनको सरकारको विकल्प छैन : कमल थापा

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
३८ पटक हेरिएको
Shares
बाम गठबन्धनको सरकारको विकल्प छैन : कमल थापा

सारांश

  • सप्तरी, १३ माघ ।
  • राप्रपाका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले संवैधानिक जटिलताका कारण सरकार बन्नमा ढिलाई भएको बताएका छन् ।
  • उनले बाम गठबन्धनलाई यस पटक जनताले जनाधिकार दिएकोले बाम गठबन्धनको सरकारको विकल्प नरहेको समेत बताए ।

सप्तरी, १३ माघ । राप्रपाका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले संवैधानिक जटिलताका कारण सरकार बन्नमा ढिलाई भएको बताएका छन् । उनले बाम गठबन्धनलाई यस पटक जनताले जनाधिकार दिएकोले बाम गठबन्धनको सरकारको विकल्प नरहेको समेत बताए ।

उनले अब बन्ने सरकारले मुलुकमा स्थायित्व कायम गर्ने र समग्र आर्थिक विकासका लागि मुलुक अगाडी बढाउने अपेक्षा गरिएको बताए ।

मोरङ, झापा, सुनसरी र सप्तरीको भ्रमणमा रहेका मन्त्री थापाले आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा संविधान निर्माणका क्रममा काँग्रेस, एमाले र माओवादीले संवैधानिक जटिलताका बारेमा पर्याप्त ध्यान नदिएको भन्दै निर्वाचन सम्पन्न गराई सरकार निर्माण गर्ने बारे मात्र उनीहरुले सोचेकोले अहिलेको संबैधानिक जटिलता आएको आरोप समेत लगाए ।

मधेश केन्द्रित दल राजनीतिक स्वार्थमा आन्दोलन गरेको र उनीहरुको मुद्दा समेत स्पष्ट नरहेको बताउँदै मन्त्री थापाले प्रादेशीक मुद्दा उठाएर जनतालाई झुक्याई सत्तामा रहन मात्र मधेशी दलले आन्दोलन गरेको आरोप समेत लगाए ।

उनले नेपाली जनतामा अहिले पनि हिन्दु राष्ट्रको अभिमत नघटेको दाबी गर्दै अब सडकबाटै पार्टीले उठाएको एजेण्डालाई स्थापित गर्ने जिकिर गरे । उनले हिन्दु राष्ट्रको एजेण्ड बोकेको राप्रपाले पार्टी विभाजन, निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवार खडा गर्न नसक्नु र काँग्रेससँग गरिएको तालमेलमा काँग्रेसले सहयोग नगरेकोले निर्वाचनमा हार व्यहोर्नु परेको बताए ।

मन्त्री थापाले आगामी दिनमा राप्रपा रचनात्मक ढंगले मुलुकको राष्ट्रिय राजनीतिमा सक्रियता जनाइरहने बताए ।

उनले प्रदेश नं. ३ का प्रमुख अनुराधा कोइरालाको नागरिकता वंशज नै रहेको तर कसैले नागरिकता सम्बन्धमा दाबी विरोध गरे त्यो अदालतबाट स्पष्ट हुने बताए । यद्दपी उनले प्रदेश नं. ३ का प्रमुख अनुराधा कोइरालाका भाई अभय गुरुङसँग फुटवल खेलेको र उनी दार्जिलिङ निवासी रहेको खुलासा समेत गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्टरनेटमा भाइरल तरकारीवाली कुशुम श्रेष्ठ सङ्ग लिइएको पहिलो अन्तर्बार्ता, के भन्छिन कुशुम हेर्नुहोस…
सर्‍यो कक्षा १२ को पूरक परीक्षा
सर्‍यो कक्षा १२ को पूरक परीक्षा
बाबुरामको प्रश्न ? ओली आफ्नो कुबाटोमा दृढ छन्स अरू उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने ?
बाबुरामको प्रश्न ? ओली आफ्नो कुबाटोमा दृढ छन्स अरू उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने ?
विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख नाघ्यो
विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख नाघ्यो
एमाले २४, माओवादी ९ र कांग्रेस ५ स्थानमा विजयी (हेर्नुस् कसको कति अग्रता)
एमाले २४, माओवादी ९ र कांग्रेस ५ स्थानमा विजयी (हेर्नुस् कसको कति अग्रता)
समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेस जित्नुपर्छः महामन्त्री थापा
समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेस जित्नुपर्छः महामन्त्री थापा
सरल र इमानदार व्यक्तित्व उद्धव खरेलको विशिष्ट परिचय हो : आर.एम्.डङ्गोल
सरल र इमानदार व्यक्तित्व उद्धव खरेलको विशिष्ट परिचय हो : आर.एम्.डङ्गोल
अाइतबारबाट मलेसियाका कामदारलाइ ५० हजार रिंगिट र ५ वर्षसम्मको जेल सजाय हुन सक्ने !
अाइतबारबाट मलेसियाका कामदारलाइ ५० हजार रिंगिट र ५ वर्षसम्मको जेल सजाय हुन सक्ने !
सुष्माको भ्रमणबारे ओलीलाई माघ ७ गते नै थाहा थियो ?
सुष्माको भ्रमणबारे ओलीलाई माघ ७ गते नै थाहा थियो ?
भारत–पाकिस्तान आमने सामने आक्रमण गरे जवाफ दिने पाकिस्तानी प्रधानमन्त्री इमरान खानको चेतावनी
भारत–पाकिस्तान आमने सामने आक्रमण गरे जवाफ दिने पाकिस्तानी प्रधानमन्त्री इमरान खानको चेतावनी