कांग्रेस, माओवादी र मधेस केन्द्रित दल झस्कने गरेर आयो नेता खनालको टिप्पणी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २४, २०७४
|
|
३० पटक हेरिएको
Shares
कांग्रेस, माओवादी र मधेस केन्द्रित दल झस्कने गरेर आयो नेता खनालको टिप्पणी

सारांश

  • इलाम, २४ साउन ।
  • नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान कार्यान्वयनको महत्वपूर्ण कामलाई पूर्णता दिन मुलुक निर्वाचनमय भएको बताउनुभएको छ ।
  • उहाँले मुलुक अहिले निर्वाचन वर्षका रूपमा अघि बढिरहेको बताउनुभयो ।

इलाम, २४ साउन । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान कार्यान्वयनको महत्वपूर्ण कामलाई पूर्णता दिन मुलुक निर्वाचनमय भएको बताउनुभएको छ ।

उहाँले मुलुक अहिले निर्वाचन वर्षका रूपमा अघि बढिरहेको बताउनुभयो । इलामको कोल्बुङमा सोमबार आयोजित कार्यक्रममा उहाँले कार्यकर्तामाझ संविधान कार्यान्वयनको महत्वपूर्ण कामलाई पूर्णता दिन नै स्थानीय निकाय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न हुन गइरहेको बताउनुभयो ।

“स्थानीय तहको दुवै चरणको निर्वाचनमा एमाले पहिलो भएको छ, अब तेस्रो चरणमा पनि एमाले पहिलो हुन्छ”, नेता खनालले भन्नुभयो ।

प्रदेश नं २ मा तेस्रो चरणमा हुने निर्वाचनमा पनि एमालेको पक्षमा जनलहर बढ्दै गएको बताउँदै खनालले भन्नुभयो, “त्यहाँ पनि एमाले पहिलो पार्टी बन्नेछ, अब एमालेको विजय यात्रालाई कसैले छेकेर छेक्न सक्दैन ।”

सरकारले प्रदेश र संघको निर्वाचन मिति तोक्न ढिलाइ गरेकामा आफ्नो पार्टीको आपत्ति रहेको विचार उहाँले व्यक्त गर्नुभयो । निर्वाचन हुन नदिन विभिन्न षडयन्त्र भइरहेको बताउँदै उहाँले त्यस्तो षडयन्त्र परास्त गरेरै छाड्ने दाबीसमेत गर्नुभयो ।

पूर्वप्रम खनालले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विचार व्यक्त गर्दै पर्यटनका सम्भावनायुक्त जिल्ला भएकाले इलाममा विकास निर्माणमा तीव्रता दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?