राष्ट्रिय ख्रीष्टियन महासंघको राष्ट्रिय भेला शुरु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १८, २०७५
|
|
२३ पटक हेरिएको
Shares
राष्ट्रिय ख्रीष्टियन महासंघको राष्ट्रिय भेला शुरु

सारांश

  • सुर्खेत, १८ वैशाख, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको १० औँ राष्ट्रिय भेला शुरु भएको छ ।
  • वैशाख १९ गतेसम्म हुने राष्ट्रिय भेलाको उद्घाटन सोमबार महासंघ कर्णाली प्रदेशका प्रमुख पदम गैरे र केन्द्रीय अध्यक्ष सिबी गहतराजले संयुक्तरुपमा गर्नुभयो ।
  • उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गहतराजले ख्रीष्टियनको कार्यक्रममा कर्णाली प्रदेश सरकारले बेवास्ता गरेको भन्दै प्रधानमन्त्रीले समेत युरोपियन युनियनको नाममा इसाईमाथि अपमान गरेको आरोप लगाउनुभयो ।

सुर्खेत, १८ वैशाख, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको १० औँ राष्ट्रिय भेला शुरु भएको छ ।

वैशाख १९ गतेसम्म हुने राष्ट्रिय भेलाको उद्घाटन सोमबार महासंघ कर्णाली प्रदेशका प्रमुख पदम गैरे र केन्द्रीय अध्यक्ष सिबी गहतराजले संयुक्तरुपमा गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गहतराजले ख्रीष्टियनको कार्यक्रममा कर्णाली प्रदेश सरकारले बेवास्ता गरेको भन्दै प्रधानमन्त्रीले समेत युरोपियन युनियनको नाममा इसाईमाथि अपमान गरेको आरोप लगाउनुभयो ।

“नक्कली क्रिश्चियनको झुण्डले सच्चा क्रिश्चियनको बदनाम गरिरहेका छन् र यसमा पनि ठूलो षडयन्त्र भइरहेको छ,” अध्यक्ष गहतराजले भन्नुभयो । पछिल्लो समयमा सरकारका गृहमन्त्री नै क्रिश्चियनप्रति निर्मम भएर लागेको आरोप लगाउनुभयो ।

उहाँले सरकारको क्रिश्चियन दबाउने नीतिले आफूलाई झनै बलियो बनाएको तर्क गर्नुभयो । धर्मनिरपेक्ष राष्ट्रमा सरकारको अन्यायपूर्ण व्यवहारले नेपालका ३० लाख क्रिश्चियनलाई समस्या पार्न खोजिएको तर संविधानमा व्यवस्था भएको मौलिक हक अन्तर्गतका धाराबाट सरकारलाई गलाएरै छाड्ने चेतावनी दिनुभयो ।

महासंघका उपमहासचिव सागर बैजुले सरकारले क्रिश्चियनलाई तनाव दिएर मानसिक रोगका बिरामी बनाएको दोषारोपण गर्नुभयो । उहाँले धार्मिक अल्पसंख्यकले सुरक्षित रुपले बाँच्न सक्ने अवस्था नभए बहुसंख्यकले पनि शान्तिसाथ बाँच्न नसक्ने बताउनुभयो ।

उहाँले इसाईहरु धर्म परिवर्तन नभई मानव जीवन परिवर्तनार्थ निरन्तर लागि परेको दाबी गर्दै वर्तमान सरकारलाई आस्तिकदेखि होइन, नास्तिकबाट सजग रहन सुझाउनुभयो ।

उद्घाटन कार्यक्रममा ख्रीष्टियन महासंघ कर्णाली प्रदेश प्रमुख पदम गैरेले क्रिश्चियन समुदायको अस्तित्व, पहिचान, हित र उन्नतिका लागि जन्मेको यो संस्थाले राष्ट्रको समृद्धि एवं विकासमा पनि सघाउ पु¥याउँदै आएको बताउनुभयो ।

उहाँले कार्यक्रममा सम्मानका साथ बोलाउँदा पनि सरकारबाट कुनै प्रतिउत्तर नआएको गुनासो गर्दै मुलुकमा इसाईहरुले पनि नीतिगत तहमा पुग्ने नेतृत्व जन्माउनुपर्नेमा जोड दिनुभयो ।

महासंघका महिला विभाग प्रमुख डोमा राईले समाजले दुत्कारेको महिला वर्गले यो क्षेत्रमा न्याय पाएको बताउनुभयो । उहाँले इसाई समुदायमा महिलाको बढी सम्मान हुने गरेको र पीडामा परेका महिलालाई समेटेर लैजान र महिला सशक्तीकरणका सवालमा विभिन्न प्रशिक्षण सञ्चालन गर्ने जनाउनुभयो ।

कार्यक्रममा प्रदेश नं ७ का प्रमुख जीतेन्द्र ताम्राकार, प्रदेश नं ५ का टेकविक्रम हिन्ताङ्, प्रदेश नं ४ का राजु परियार, प्रदेश नं ३ का ज्ञानबहादुर सुनुवार, प्रदेश नं २ का प्रदीप मरवैता यादव र प्रदेश नं १ का सचिव डिल्लीराम पौडेलीसहितले सरकारले सदाचार नीति ल्याएर दबाउन खोजेको आरोप लगाउनुभएको थियो ।

कार्यक्रमका अधिकांश वक्ताले सरकारले इसाईलाई दबाउन खोजे नेपालको संविधानको मौलिक हकमा व्यवस्था गरिएको धारा २६ को धार्मिक स्वतन्त्रताको हकको आधारमा अघि बढ्ने चुनौती दिएका थिए । उक्त भेलामा केन्द्रीय पदाधिकारी, मुलुकभरिका उच्च पदस्थ ख्रीष्टियन रेभ, पाष्टर, एल्डर, डिकन र विश्वासीको सहभागिता रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१० वर्षमा पनि बनेन् दुखुखोलाको पुल
१० वर्षमा पनि बनेन् दुखुखोलाको पुल
प्रेम आलेजस्तै काम गर्न मन्त्रीहरुलाई माधव नेपालको निर्देशन
सुनसरीमा पछि परे गच्छदार, चौधरीको अग्रता कायमै
सुनसरीमा पछि परे गच्छदार, चौधरीको अग्रता कायमै
चिकित्सकको लापबाहीका कारण बालकको मृत्यु भएपछि हस्पिटलमा तोडफोड
निर्मला पन्त प्रकरण: अर्का निर्दाेषलाई फसाउन लागे आईजीपी नै, सरकारी षड्यन्त्रको ठूलो पर्दाफास !
निर्मला पन्त प्रकरण: अर्का निर्दाेषलाई फसाउन लागे आईजीपी नै, सरकारी षड्यन्त्रको ठूलो पर्दाफास !
पत्रपत्रिका : श्रीमान साउदीको जेलमा, श्रीमती १७ महिने छोरा लिएर भौंतारिँदै
पत्रपत्रिका : श्रीमान साउदीको जेलमा, श्रीमती १७ महिने छोरा लिएर भौंतारिँदै
के शहर के दुर दराज जताततै हत्केला समाज
के शहर के दुर दराज जताततै हत्केला समाज
बैशाख ८ गते सोमबारको राशिफल यस्तो छ
बैशाख ८ गते सोमबारको राशिफल यस्तो छ
पशुपतिलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड
पशुपतिलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड
अदालतद्वारा ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
अदालतद्वारा ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

तपाईंले छुटाउनुभयो कि?