बिष्णु पाैडेलले किनेकाे जग्गा नक्कली परेछ : संचारमन्त्री बास्काेटा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २८, २०७५
|
|
३३ पटक हेरिएको
Shares
बिष्णु पाैडेलले किनेकाे जग्गा नक्कली परेछ : संचारमन्त्री बास्काेटा

सारांश

  • काठमाडौं।
  • सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बालुवाटारको सरकारी जग्गा खरिद प्रकरणमा महासचिब विष्णु पौडेल ठगिएको टिप्पणी गरेका छन्।
  • बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले बालुवाटारको सरकारी जग्गा खरिद् प्रकरणमा मुछिएका पार्टी महासचिव विष्णु पौडेल पीडक नभई पीडित भएको बताए।
काठमाडौं। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बालुवाटारको सरकारी जग्गा खरिद प्रकरणमा महासचिब विष्णु पौडेल ठगिएको टिप्पणी गरेका छन्।
बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले बालुवाटारको सरकारी जग्गा खरिद् प्रकरणमा मुछिएका पार्टी महासचिव विष्णु पौडेल पीडक नभई पीडित भएको बताए।
‘सक्कली जग्गा भनेर किनेको नक्कली परेछ, यससम्बन्धमा विज्ञप्ति निकालेर उहाँले प्रकाश पारिसक्नुभएको छ’ उनले भने।
सरकारी जग्गा खरिदमा विष्णु पौडेलको संलग्नता छैन भन्दै मन्त्री बास्कोटाले अन्य व्यक्ति संलग्न भएको भन्दै सरकारी सम्पत्तिको रक्षा गर्ने दायित्व सरकारको भएको बताए।
‘महासचिव पौडेलले त जग्गा खरिद पो गुर्नुभएको हो, उहाँ अपराधि होइन्, पीडक होइन्, उहाँ त पीडित हो’, उनले भने, ‘उहाँले त जग्गा किन्नु भोे, जग्गा परेछ नक्कली।’
सरकारले सो जग्गा रोक्का गरेर एक्स अगाडि बढाइसकेको उनको भनाइ थियो। उनले पौडेलसँगै अरुले पनि जग्गा किनेको र जग्गा किन्नेहरु पीडित भएका कारण बेच्नेबाट क्षतिपूर्ति पाउनुपर्ने बताए।
उनले सबैभन्दा पहिला जसको नामबाट जग्गा निजीकरण भएको हो उसैबाट अनुसन्धान अगाडि बढाउनुपर्ने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?