सेलिब्रेटि मेनेजमेन्ट नेपालले कलाकारको प्रमोशन एवम् व्यवस्थापन गर्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १८, २०७३
|
|
३३७ पटक हेरिएको
Shares
सेलिब्रेटि मेनेजमेन्ट नेपालले कलाकारको प्रमोशन एवम् व्यवस्थापन गर्ने

सारांश

  • सेलिब्रेटि मेनेजमेन्ट नेपालको प्रस्तुतिमा गायकद्वय निशान भट्टराई र सुरेश लामा शनिबार कमलादी स्थित प्रज्ञा प्रतिष्ठान गुन्जिए ।
  • एक दर्जनभन्दा बढि गीत गाइरहँदा दर्शकको गडगडाहडले हल तातेको थियो ।
  • विशिष्ठ अतितिमा गायक सत्यराज आचार्य, अतिथिहरुमा वरिष्ठ संगीतकार राजु सिंह, गायक आनन्द कार्की, संगीतकार एवम् एरेन्जर किरन कँडेल, संगीतकार सचिन सिंह, गायक एवम् संगीतकार मनोज राज, गायिका देवीका बन्दना एवम् नयाँदेखि पुराना संगीतकर्मीहरुको उपस्थिति रहेको थियो ।

सेलिब्रेटि मेनेजमेन्ट नेपालको प्रस्तुतिमा गायकद्वय निशान भट्टराई र सुरेश लामा शनिबार कमलादी स्थित प्रज्ञा प्रतिष्ठान गुन्जिए । एक दर्जनभन्दा बढि गीत गाइरहँदा दर्शकको गडगडाहडले हल तातेको थियो । विशिष्ठ अतितिमा गायक सत्यराज आचार्य, अतिथिहरुमा वरिष्ठ संगीतकार राजु सिंह, गायक आनन्द कार्की, संगीतकार एवम् एरेन्जर किरन कँडेल, संगीतकार सचिन सिंह, गायक एवम् संगीतकार मनोज राज, गायिका देवीका बन्दना एवम् नयाँदेखि पुराना संगीतकर्मीहरुको उपस्थिति रहेको थियो ।

soulful voice नामक उत्त कार्यक्रममा गायकद्वय निशान र सुरेशले स्वरसम्राट नारायण गोपाल, भजनशिरोमणी भक्तराज आचार्य, वरिष्ट गायक फत्तेमान तथा चर्चित गायक सत्य/स्वरुप राज आचार्यका आधा दर्जनभन्दा बढि गीत गाएका थिए भने हिन्दी गजल समेत गाए । गोपाल योञ्जनको देशले रगत मागे मलाई बलि चढाउ बोलको गीत गाएर कार्यक्रमको सुरुवात निशानले गरेका थिए । यस्तो पनि हुँदो रैछ, गल्ती हजार हुन्छन् यहाँ म मातिएको बेला, तिमीले पनि म जस्तै माया दिएर हेर, छोरीको जन्म हारेको कर्म, आगोको राप जीवन लगायत हिन्दी गजल गाइरहँदा दर्शकको तालिले हल बारम्बार गुन्जयमान भइरहेको थियो भने कार्यक्रमको अन्तिम गीत सत्य/स्वरुपको तिम्रो नशालु आँखाले मलाई मा¥यो बोलको गीत निशान र सुरेशले दुवैले एकसाथ गाए सेलिब्रेटि मेनेजमेन्टका चियरमेन्ट सुवास प्रधानले संगीतकार संघलाई पन्ध्र हजार नगद सहयोग समेत गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि सत्यराज आचार्यले सेलिब्रेटी मेनेजमेन्टले गरेको कामको प्रशंसा गर्दै गायकद्वयलाई समेत दिल खोलेर प्रशंसा गरे । आचार्यले कलाकारले आफ्नो भ्यालु आफै राख्न नसकेको र आफूलाई चिन्न नसकेकोले पनि कलाकारको अस्तित्व धरापमा परेको तितो यथार्थ बताए । त्यस्तै अतिथि राजु सिंहले नेपालमा निशान र सुरेश जस्ता होनहार एवम् दमदार स्वर भएका कलाकारहरुको जन्म दिनानुदिन भइरहेको हुँदा अब संगीतकारहरुले कम्पोज गर्दा बहुत मेहेनत साथ नयाँ नयाँ किसिमका कम्पोज गर्नु पर्ने बताए । कार्यक्रममा पवन पाठकको आकर्षक नृत्यले कार्यक्रमको रौनक अझ बढाएको थियो । सेलिब्रेटि मेनेजमेन्ट नेपालले कलाकारको प्रमोशन एवम् व्यवस्थापन गर्ने काम गर्दै आइरहेको छ ।

(https://eluminoustechnologies.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दशौँ भारत–नेपाल लाइन अफ क्रेडिट समीक्षा बैठक सम्पन्न
दशौँ भारत–नेपाल लाइन अफ क्रेडिट समीक्षा बैठक सम्पन्न
नेपाल आईडलको जज राउण्डबाटै बाहिरिएका सिदार्थले आफनै गीत लिएर आए
नेपाल आईडलको जज राउण्डबाटै बाहिरिएका सिदार्थले आफनै गीत लिएर आए
उपनिर्वाचन २०७६ : वाम तालमेल काङ्ग्रेसलाई चुनौती
उपनिर्वाचन २०७६ : वाम तालमेल काङ्ग्रेसलाई चुनौती
इलाममा ७७ वर्षीया बृद्धा बलात्कृत, झापामा उपचार हुँदै
इलाममा ७७ वर्षीया बृद्धा बलात्कृत, झापामा उपचार हुँदै
नवलपरासी बौदीकाली गाउँपालिका अध्यक्षमा एमालेका प्रकाश ओझा विजयी
नवलपरासी बौदीकाली गाउँपालिका अध्यक्षमा एमालेका प्रकाश ओझा विजयी
हुस्सु/कुहिरोबाट सावधानी अपनाउन अनुरोध
हुस्सु/कुहिरोबाट सावधानी अपनाउन अनुरोध
सोमबारको टेस्टमा ‘एनिमल’ शीर्ष स्थानमा, चाैथाें दिनसम्म फिल्म २५० करोड पार
सोमबारको टेस्टमा ‘एनिमल’ शीर्ष स्थानमा, चाैथाें दिनसम्म फिल्म २५० करोड पार
‘राष्ट्रिय उद्यमशील महिला मेला २०७५’ सम्पन्न
‘राष्ट्रिय उद्यमशील महिला मेला २०७५’ सम्पन्न
राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्नुपर्छ : नेम्वाङ
राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्नुपर्छ : नेम्वाङ
वाम गठबन्धनले दुई तिहाई ल्याउँछ, ६ वटा प्रदेशमा सरकार बनाउँछ : पोखरेल
वाम गठबन्धनले दुई तिहाई ल्याउँछ, ६ वटा प्रदेशमा सरकार बनाउँछ : पोखरेल

तपाईंले छुटाउनुभयो कि?