बैंकलाई किस्ता र ब्याज तिर्ने आज अन्तिम दिन, व्यवसायीलाई भ्याइ नभ्याइ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ३०, २०७७
|
|
५५ पटक हेरिएको
Shares
बैंकलाई किस्ता र ब्याज तिर्ने आज अन्तिम दिन, व्यवसायीलाई भ्याइ नभ्याइ

सारांश

  • काठमाडौँ, ३० असोज।
  • व्यवसायीलाई आज बैंकबाट लिएको ऋणको किस्ता र ब्याज तिर्न भ्याइ नभ्याइ छ ।
  • व्यवसायीले बैंकबाट लिएको ऋणको किस्ता र ब्याज चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोजमसान्त भित्र (आज) सम्म तिर्नु पर्ने भएकाले भ्याइ नभ्याइ भएको हो ।

काठमाडौँ, ३० असोज। व्यवसायीलाई आज बैंकबाट लिएको ऋणको किस्ता र ब्याज तिर्न भ्याइ नभ्याइ छ ।व्यवसायीले बैंकबाट लिएको ऋणको किस्ता र ब्याज चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोजमसान्त भित्र (आज) सम्म तिर्नु पर्ने भएकाले भ्याइ नभ्याइ भएको हो ।

बैंकहरुले असोजको आधा आधी महिनादेखि नै ऋणको किस्ता र ब्याज बुझाउन दवाव दिएपछि व्यवसायीहरु तनावमा थिए । बैंक तथा वित्तीय संस्थाले पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्ने तयारीमा रहेकाले पनि असोज मसान्त भित्र (आज) सम्म ऋणको किस्ता र ब्याज बुझाउन दवाव दिँदै आएका थिए ।

कोरोना महामारीका कारण व्यवसाय चौपट भएको समयमा पनि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तथा ब्याज चुक्तानीका लागि दबाब दिँदै आएपछि व्यवसायी तनावमा देखिदै आएका थिए ।
व्यवसायीले आफूसँग भएको जायजेथा बिक्री गरेर भएपनि बैंकको ब्याज बुझाउन थालेका छन् । त्यसैले आज असोज महिनको अन्तिम दिन बैंकमा भिडभाड देखिएको छ ।

नेपाल राष्ट्र बैंकले असार मसान्तसम्म तिर्नु पर्ने साँबा र ब्याज असोजसम्म तिरे हुने व्यवस्था गरेको थियो । तर, व्यापार व्यवसाय पूर्ण रुपमा सञ्चालन नभएका कारण साँवा र ऋणको ब्याज कसरी तिर्ने भन्ने समस्यामा व्यवसायी छन् ।-मेरोलगानी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंका १० वटै क्षेत्रमा निर्वाचन तयारी पूरा, कहाँ-कहाँ हुन्छ मतगणना ?
काठमाडौंका १० वटै क्षेत्रमा निर्वाचन तयारी पूरा, कहाँ-कहाँ हुन्छ मतगणना ?
पत्नी सिताको उच्च- ब्लडप्रेसरको बहाना बनाइ किन जादैछन प्रचण्ड थाइल्यान्ड ?
पत्नी सिताको उच्च- ब्लडप्रेसरको बहाना बनाइ किन जादैछन प्रचण्ड थाइल्यान्ड ?
डढेलोबाट घरगोठ नष्ट, एक दर्जन सामुदायिक वनमा आगलागी
डढेलोबाट घरगोठ नष्ट, एक दर्जन सामुदायिक वनमा आगलागी
प्रधानमन्त्री ओलीको सम्बोधनप्रति २ नम्बर प्रदेशका राज्यमन्त्रीद्वारा कडा आपत्ति
वाईसीएललाई प्रचण्डको निर्देशनः देशमा दक्षिणपन्थी हावा चल्यो, निद्राबाट ब्यूँझनुस्
वाईसीएललाई प्रचण्डको निर्देशनः देशमा दक्षिणपन्थी हावा चल्यो, निद्राबाट ब्यूँझनुस्
भोलीदेखि संसारभर तेलको मुल्य बढ्दै
भोलीदेखि संसारभर तेलको मुल्य बढ्दै
एनएमए चुनावमा धाँधली भएको भन्ने आरोपको लामा समूहद्वारा खण्डन
एनएमए चुनावमा धाँधली भएको भन्ने आरोपको लामा समूहद्वारा खण्डन
फिफा वरियतामा नेपालकाे सुधार, दक्षिण एसियामा तेस्राे स्थानमा !
फिफा वरियतामा नेपालकाे सुधार, दक्षिण एसियामा तेस्राे स्थानमा !
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री
राजपाका महामन्त्री अख्तियारकाे फन्दामा
राजपाका महामन्त्री अख्तियारकाे फन्दामा