प्रसाईले हाले सर्वोच्चमा मुद्दा, आईतबार सुनवाई हुने
सारांश
- काठमाडौं ।
- मेडिकल ब्यावसायी दुर्गा प्रसाईले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।
- भक्तपुरस्थित निवासमा नजरबन्दमा परेका प्रसाईले बन्दी प्रत्यक्षीकरण मुद्दा दायर गरेका हुन।
काठमाडौं । मेडिकल ब्यावसायी दुर्गा प्रसाईले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।
भक्तपुरस्थित निवासमा नजरबन्दमा परेका प्रसाईले बन्दी प्रत्यक्षीकरण मुद्दा दायर गरेका हुन।
अधिबक्ता सुरेन्द्र पौडेलले प्रसाईको पक्षवाट मुद्दा दायर गरेका हुन् । सो मुद्दाको आईतवार सुनवाई हुनेछ।
प्रसाईंको अगुवाइमा बिहीबार काठमाडौंको बल्खुमा प्रदर्शन भएको थियो । उक्त प्रदर्शनका क्रममा उनका समर्थकहरुले पटक–पटक प्रहरीसँग झडप गरेका थिए । स्थिति नियन्त्रणभन्दा बाहिर जाने देखेपछि सुरक्षाकर्मीहरुले टियर ग्यास र पानीको फोहरा हानेर भीडलाई तितरबितर पारेको थियो ।
प्रसाईंले शुक्रबार तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका थिए भने यो व्यवस्था नढालेसम्म प्रदर्शन जारी रहने उनको भनाइ रहेको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया