विमाको २५ लाख रुपैयाँका लागि रौतहटमा छोरीको हत्या

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २०, २०७६
|
|
२६ पटक हेरिएको
Shares
विमाको २५ लाख रुपैयाँका लागि रौतहटमा छोरीको हत्या

सारांश

  • विमा वापत पाउने २५ लाख रुपैयाँको लोभमा एक जना बाबुले आफ्नै छोरीको हत्या गरेका छन् ।
  • रौतहटको मौलापुर नगरपालिका–६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले विमाको रकमको लोभमा ५ वर्षीया छोरी लक्ष्मी राय यादवको घाँटी थिचि हत्या गरेर पोखरीमा फालेको अवस्थामा शव फला परेको प्रहरीले जनाएको छ ।
  • जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रबार पत्रकार सम्मेलन गर्दै आरोपी यादवलाई सार्वजनिक गरेको छ ।

विमा वापत पाउने २५ लाख रुपैयाँको लोभमा एक जना बाबुले आफ्नै छोरीको हत्या गरेका छन् । रौतहटको मौलापुर नगरपालिका–६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले विमाको रकमको लोभमा ५ वर्षीया छोरी लक्ष्मी राय यादवको घाँटी थिचि हत्या गरेर पोखरीमा फालेको अवस्थामा शव फला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रबार पत्रकार सम्मेलन गर्दै आरोपी यादवलाई सार्वजनिक गरेको छ । रौतहट प्रहरीका डिएसपी तथा प्रवक्ता नवीन कार्कीले बिमाको रकम हातपार्नका लागि यादवले छोरीको निर्ममतापूर्वक हत्या गरेको बताए । हत्याको भोलिपल्ट पोखरीमा ५ वर्षीया लक्ष्मीको शव फेला परेपछि प्रहरीले शुक्ष अनुसन्धान गरेको थियो ।

लक्ष्मी रामकिशोरकी कान्छी छोरी हुन् । उनले छोरीको सुरक्षित भविष्यका लागि केही दिन अघि विमा गराएका थिए । रौतहटको गरुडामा रहेको प्रभु बैंकमा रामकिशोरले कान्छी छोरी लक्ष्मीको २५ लाख रकमको विमा गराएका थिए । बिमाबापतको पहिलो किस्ता करिब पौने २ लाख उनले बैंकलाई बुझाएका पनि थिए ।

तर कसैले बिमा गरेको एक महिनामै यदी बिमकको निधन भएका दुई गुणा पैसा फिर्ता पाइन्छ भन्ने सुनाए पछि यादवमा छोटो समयमा नै धेरै पैसा कमाउने लोभ जागेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् । रामकिरोशले पैसाको लोभमा विमा गराएको २९ औं दिनमा छोरीको हत्या गरेका थिए ।

आर्थिक अवस्था कमजोर भएको हुँदा पैसा कमाउने दाउमा रामकिशोरले चार वर्षीया छोरीको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनले छोरीलाई घरमै कुटपिट गरी हत्या गरेको र हत्यापछि शव पोखरीमा फालेर आफैं छोरी हराएको भन्दै प्रहरीलाई खबर गर्न पुगेको डीएसपी कार्कीले बताए ।

नियन्त्रणमा लिएको यादवलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट मुलुकी अपराधसंहिता २०७४ को ज्यानसम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरेर जिल्ला अदालत रौतहटबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान कार्यअगाडि बढाइएको प्रवक्ता कार्कीले जानकारी दिए । पछिल्लो समय सामाजिक विचचनका यस्ता घटनामा निकै बृद्धि भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालगन्जमा विद्युत अवरुद्ध भएपछि ओलीको भाषण सुन्ने सबैको ईच्छा, अधुरो
नेपालगन्जमा विद्युत अवरुद्ध भएपछि ओलीको भाषण सुन्ने सबैको ईच्छा, अधुरो
त्रिदेशीय मोटर ¥याली चितवनमा
त्रिदेशीय मोटर ¥याली चितवनमा
१३औँ साग : फुटबल, क्रिकेट र बिच भलिबलबाहेकका पूर्वाधार तयार
१३औँ साग : फुटबल, क्रिकेट र बिच भलिबलबाहेकका पूर्वाधार तयार
‘राष्ट्रियस्तरको हस्तलेखन प्रतियोगिता–२०७६’ का विजेताहरु पुरस्कृत
‘राष्ट्रियस्तरको हस्तलेखन प्रतियोगिता–२०७६’ का विजेताहरु पुरस्कृत
पैसाको लोभमा विद्यार्थीको रुचि नमार्नुहोस् : प्रधानमन्त्री ओली
पैसाको लोभमा विद्यार्थीको रुचि नमार्नुहोस् : प्रधानमन्त्री ओली
अटेर गर्ने रोजगारदाताप्रति सरकार कठोर
अटेर गर्ने रोजगारदाताप्रति सरकार कठोर
चित्र बहादुर केसि को नजरमा गोपाल पराजुली एक भ्रस्ट न्यायाधीश !
चित्र बहादुर केसि को नजरमा गोपाल पराजुली एक भ्रस्ट न्यायाधीश !
सरकार मिडियामैत्री वातावरणको पक्षमाः मन्त्री ज्ञवाली
सरकार मिडियामैत्री वातावरणको पक्षमाः मन्त्री ज्ञवाली
प्रधानमन्त्रीको सम्बोधन नै रोक्छु भन्नु कमिलाको प्वाँख पलाएजस्तै हो : पहारी,
प्रधानमन्त्रीको सम्बोधन नै रोक्छु भन्नु कमिलाको प्वाँख पलाएजस्तै हो : पहारी,
केन्या र मलाबीका डान्सबारबाट १६ नेपाली युवती उद्धार
केन्या र मलाबीका डान्सबारबाट १६ नेपाली युवती उद्धार

तपाईंले छुटाउनुभयो कि?