महामन्त्री ढकालका चालकलाई नियन्त्रणमा लिइयो

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ४, २०८०
|
|
३७ पटक हेरिएको
Shares
महामन्त्री ढकालका चालकलाई नियन्त्रणमा लिइयो

सारांश

  • काठमाडौं ।
  • राष्ट्रीय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालका सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा घरको छतबाट खसेर घाइते भएको घटनामा छानबिन गर्न प्रहरीले अर्का चालकलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौं । राष्ट्रीय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालका सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा घरको छतबाट खसेर घाइते भएको घटनामा छानबिन गर्न प्रहरीले अर्का चालकलाई नियन्त्रणमा लिएको हो । महामन्त्रीका चालक कालुराम राजवंशीलाई जिप्रकामा बोलाएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

लामिछानेका चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय दिलबहादुर थापा र कालुराम सँगै सुतेका थिए । सोमबार बिहान ४ बजे दिलबहादुर चितवनको भरतपुरस्थित उनीहरू सुतेको घरको छतबाट तल खसेर गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?