मण्डपमा बसिरहेकी बेहुलीमाथि कुटपिट, पाँच जना युवा पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १०, २०७५
|
|
३५ पटक हेरिएको
Shares
मण्डपमा बसिरहेकी बेहुलीमाथि कुटपिट, पाँच जना युवा पक्राउ

सारांश

  • तेह्रथुम ।
  • तेह्रथुममा विवाह भइरहेको बेला बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • गएराति १०ः३० बजे विवाह भइरहेको फेदाप गाउँपालिका–३, जलजलेस्थित बेहुलीको घरमा स्थानीय युवाहरुको समुहले आक्रमण गरेको थियो ।

तेह्रथुम । तेह्रथुममा विवाह भइरहेको बेला बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति १०ः३० बजे विवाह भइरहेको फेदाप गाउँपालिका–३, जलजलेस्थित बेहुलीको घरमा स्थानीय युवाहरुको समुहले आक्रमण गरेको थियो ।

उनीहरुको कुटपिटबाट बेहुली वर्ष २२ की प्रतिक्षा सम्बाहाम्फे र अन्य ३ जना घाइते भएका छन् ।

प्रहरीले विवाहमा कुटपिट गर्ने वर्ष १९ का सरोज लिम्बु, वर्ष १४ का ओमन लिम्बु, वर्ष २१ का दिनेश लिम्बु, वर्ष १९ का सुदिप लिम्बु र वर्ष १७ का मन्दिप लिम्बुलाई नियन्त्रणमा लिएको छ । कुटपिटबाट घाइते भएकी बेहुलीको थप उपचारका लागि विराटनगर पठाइएको र अन्य घाइतेहरु बेहुलीका दाजु देउमान लिम्बु, सुमन खापुङ र टिकादेवी सम्बाहाम्फेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण गौतमले बताए ।

जलजलेकी प्रतिक्षासँग पाँचथरको फाल्गुनन्द गाउँपालिका–१, नवमीडाँडाका सचिन आङदेम्बेसँग विवाह भइरहेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?