भारु पाँच सय र हजारका नोट खारेजी सङ्गै प्रचण्डको पनि डुब्यो एक अर्ब भारु !!!

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १, २०७३
|
|
१०३६ पटक हेरिएको
Shares
भारु पाँच सय र हजारका नोट खारेजी सङ्गै प्रचण्डको पनि डुब्यो एक अर्ब भारु !!!

सारांश

  • कहाबाट आयो प्रचण्डसङ्ग अरौबौ भारु रुपया के हेर्दै बस्दै छ सम्पति सुद्धिकरण र अख्तियार ?
  • ?
  • भारतले एक हजार र पाँच सय दरका नोटमा प्रतिबन्ध लगाएपछि त्यसको असर नेपालीहरूलाई पनि परेको छ ।

कहाबाट आयो प्रचण्डसङ्ग अरौबौ भारु रुपया के हेर्दै बस्दै छ सम्पति सुद्धिकरण र अख्तियार ??

भारतले एक हजार र पाँच सय दरका नोटमा प्रतिबन्ध लगाएपछि त्यसको असर नेपालीहरूलाई पनि परेको छ । तर, भारतको यो निर्णयले नेपालमा भने प्रधानमन्त्री पुष्पकमल दाहाल र माओवादीका अरु केही नेताहरु सबैभन्दा बढी पीडित बनेको तथ्य खुलासा भएको छ ।

भ्रष्टाचार तथा कालो धन संग्रहलाई निरुत्साहित गर्न मोदीले गरेको निर्णयको असर आफूमा पनि परेकाले प्रधानमन्त्री दाहालले त्यसलाई छुटाउन मोदीलाई टेलिफोन गरेको रहस्य घटना र विचार साप्ताहिकले खोलेको हो ।

भारतले गत कात्तिक २३ गते ठूला दरका भारतीय नोट नचल्ने निर्णय लिएपछि नेपालका प्रधानमन्त्री र माओवादीका खासखास नेताहरू गहिरो शोकमा परेको उक्त पत्रिकाले समाचार लेखेको छ ।

घटना र विचारले लेखेको छ, ‘यसरी अचानक ठूला नोटहरू नचल्ने घोषणा हुँदा त्यसको गम्भीर असर नेपाली व्यापारी र भारतमा श्रम गर्ने नेपालीलाई पनि परेको छ । तर, प्रधानमन्त्री प्रचण्डमा छटपटी बढ्नुको कारण नेपालीलाई समेत असर परेकोले भने होइन रहेछ । प्रचण्डले भारतस्थित आफ्ना विश्वासप्राप्तहरूको जिम्मामा एक अर्ब भारुभन्दा बढी नगद लुकाएको र उक्त रकम कागजको खोस्टोमा रूपान्तरित भएकोले उनी ज्यादा छटपटिएका हुन् । ठूला भारतीय रुपैयाँ खारेजीको सूचना पाएलगत्तै प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरी ‘नगद बचाउने’ प्रयास गरेका थिए । तर, करिब एक सातासम्म निरन्तर प्रयास गरेपछि प्रचण्डले सोमबार (२९ कात्तिक) मात्र मोदीसँग टेलिफोन संवाद गर्ने मौका पाए ।’

भारतीय राजदूतदेखि भारतमा रहेका कतिपय मित्र र नेपालमा रहेका भारतनिकटका सूत्रहरूसँग पनि प्रचण्डले मोदीसँग एकपटक संवाद गराइदिन अनुनयविनय गरेको र दाहालले गरेको बिलौना सुनेर भारतीय राजदूतावासले सोमबार मोदीसँग संवादको व्यवस्था मिलाइदिएको खुलासा पत्रिकाले गरेको छ । तर, भारतमा भएको आफ्नो नगद (एक अर्ब भारुभन्दा बढी) साट्ने व्यवस्थाका लागि मोदीलाई भन्न भने प्रचण्डले सकेनन् ।

‘प्रचण्डले नेपालीहरूसँग भएको भारु साट्ने व्यवस्था गरिदिनका लागि मोदीसँग विशेष आग्रह गरेका छन् र मोदीले कुनै उपाय छ भने हेरौँला भनी आश्वासन पनि दिएका छन् । तर, भारतको केन्द्रीय रिजर्भ बैंक नेपाल र भारतमा रहेको ठूलो परिणामका भारु सटही गर्नेबारेमा निकै कठोर देखिएको छ । जाली भारतीय नोटको कारोबारमा पाकिस्तानीहरूलाई कतिपय नेपालीले समेत सघाउने ठहर गर्दै आएको भारत नेपालीहरूसँग भएको भारु सटही गर्ने पक्षमा देखिएको छैन,’ उक्त पत्रिकाले लेखेको छ ।

विगतमा नेपालमा पाँच सय र हजारका भारतीय नोट प्रतिबन्धित भएकोले प्रचण्डले माओवादीको नाममा सङ्ग्रह हुन पुगेको एक अर्बभन्दा बढी भारु नयाँदिल्ली र आसपासमा रहेका आफ्ना विश्वासप्राप्त हितैषीहरूको जिम्मा लगाएको ठहर भारतीय अधिकारीहरूले गरेका छन् । नगद सटही नगरे पनि भारतमा कहाँ कोसँग प्रचण्डको नगद रहेको छ भन्नेबारेमा भारतका सम्बन्धित निकायहरूले अनुसन्धान गरिरहेको र यसक्रममा रोचक तथ्यहरू फेला पर्न थालेको बुझिएको छ । भारतमा राखिएको रकम माओवादीको भनिए पनि यस विषयलाई लिएर सबैभन्दा बढी छटपटाहट प्रचण्ड र कृष्णबहादुर महरामा मात्र देखिएको भन्दै घटना र विचार साप्ताहिकले समाचार प्रकाशन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म्याग्दीमा हिमाल चढ्न गएका ८ जनाको मृत्यु, मृत्यु भएकाको शव निकाल्ने प्रयास जारी
म्याग्दीमा हिमाल चढ्न गएका ८ जनाको मृत्यु, मृत्यु भएकाको शव निकाल्ने प्रयास जारी
निर्देशक भन्साली र सलमानको विवादले इन्शाअल्लाह रोकियो, आलियाको बिचल्ली
निर्देशक भन्साली र सलमानको विवादले इन्शाअल्लाह रोकियो, आलियाको बिचल्ली
तनहुँमा भालुको आक्रमणबाट एकजना घाइते
तनहुँमा भालुको आक्रमणबाट एकजना घाइते
‘युनिभर्सल’ सर्टिफिकेट सहित सेन्सर पास भयो अनु शाहको ‘उफ यो मन
‘युनिभर्सल’ सर्टिफिकेट सहित सेन्सर पास भयो अनु शाहको ‘उफ यो मन
नागरिकमा पत्रकारको दर्दनाक कथा, तबल नबढ्नेदेखि नपाउनेसम्मको व्यथा !
नागरिकमा पत्रकारको दर्दनाक कथा, तबल नबढ्नेदेखि नपाउनेसम्मको व्यथा !
दशैँको आठौँ दिन बिहानैदेखि शक्तिपीठमा भक्तजनको भीड
दशैँको आठौँ दिन बिहानैदेखि शक्तिपीठमा भक्तजनको भीड
पदमा बस्नेका सम्पत्ति छानबिन गर्न आयोग गठन माग
पदमा बस्नेका सम्पत्ति छानबिन गर्न आयोग गठन माग
आजदेखि गड्डा चौकी नाका खुल्ला, तर कोरोना परीक्षण भने गरिने छैन
आजदेखि गड्डा चौकी नाका खुल्ला, तर कोरोना परीक्षण भने गरिने छैन
पत्रकार महासङ्घ भक्तपुरमा बुढाथोकी
पत्रकार महासङ्घ भक्तपुरमा बुढाथोकी
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२: नेपालसँग स्कटल्याण्ड पराजित
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२: नेपालसँग स्कटल्याण्ड पराजित