कोरोनाका कारण अन्तर्रा्ष्ट्रिय फिल्म महोत्सव स्थगित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २०, २०७६
|
|
५७ पटक हेरिएको
Shares
कोरोनाका कारण अन्तर्रा्ष्ट्रिय फिल्म महोत्सव स्थगित

सारांश

  • काठमाडौं, फागुन २० ।
  • कोरोना भाइरसका कारण आठौं नेपाल मानवअधिकार अन्तर्रा्ष्ट्रिय फिल्म महोत्सव स्थगित भएको छ।
  • सोमबार मानवअधिकार चलचित्र केन्द्रले प्रेस विज्ञप्तिमार्फत आगामी फागुन २१ देखि हुने भनिएको नेपाल मानवअधिकार अन्तर्रा्ष्ट्रिय फिल्म महोत्सव स्थगित भएको जानकारी गराएको थियो।

काठमाडौं, फागुन २० । कोरोना भाइरसका कारण आठौं नेपाल मानवअधिकार अन्तर्रा्ष्ट्रिय फिल्म महोत्सव स्थगित भएको छ। सोमबार मानवअधिकार चलचित्र केन्द्रले प्रेस विज्ञप्तिमार्फत आगामी फागुन २१ देखि हुने भनिएको नेपाल मानवअधिकार अन्तर्रा्ष्ट्रिय फिल्म महोत्सव स्थगित भएको जानकारी गराएको थियो।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले सभा, सम्मेलन, महोत्सवहरू नगर्न गरेको आह्वानलाई सम्मान गर्दै आयोजक मानवअधिकार चलचित्र केन्द्रले यस्तो निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। यसअघि महोत्सवमा नेपाल र विदेशमा मानवअधिकारका विषयमा निर्माण भएका फिल्महरू प्रदर्शन हुँदै आएको थियो। यस वर्ष ३२ देशका ८४ फिल्महरू महोत्सवका लागि छनोट भएका थिए।

आयोजकका अनुसार महोत्सवमा सहभागी हुन १७ देशका २२ फिल्ममेकरहरू नेपाल आउने निश्चित भएको थियो। ‘कोरोना भाइरस संक्रमणको सम्भावनालाई लक्षित गरी नेपाल सरकारले गरेको आह्वानको हामी सराहना गर्दछ। महोत्सवको अर्को मिति स्थिति सामान्य भएपछि घोषणा गरिनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा. केसीलाई डा. दीक्षितको प्रश्न–“तिमीले अहिलेसम्म कतिवटा शल्यक्रिया गर्यौ ? के आविष्कार गर्यौ ?”(पूरा कुराकानी)
डा. केसीलाई डा. दीक्षितको प्रश्न–“तिमीले अहिलेसम्म कतिवटा शल्यक्रिया गर्यौ ? के आविष्कार गर्यौ ?”(पूरा कुराकानी)
अव फास्ट ट्रयाकमा गाडी चलाउने तयारी
अव फास्ट ट्रयाकमा गाडी चलाउने तयारी
राष्ट्रियसभा निर्वाचन : पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने
राष्ट्रियसभा निर्वाचन : पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने
जनताले जे रुचाउँछन् त्यस काममा केन्द्रित हुनुहोस: प्रधानमन्त्री ओली
जनताले जे रुचाउँछन् त्यस काममा केन्द्रित हुनुहोस: प्रधानमन्त्री ओली
आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने, छ करोड खर्च
आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने, छ करोड खर्च
चलचित्र विकास बोर्डमा निकिता पौडेलको पुर्नबहाली !
चलचित्र विकास बोर्डमा निकिता पौडेलको पुर्नबहाली !
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बारा २ मा निर्वाचनको सम्पूर्ण तयारी पूरा
बारा २ मा निर्वाचनको सम्पूर्ण तयारी पूरा
बढी शुल्क फिर्ता गराउ– विकेशील साझा
बढी शुल्क फिर्ता गराउ– विकेशील साझा
सांगीतिक क्षेत्रमा संघर्ष गर्दै गायिका:गौतम  प्रकाश योगी
सांगीतिक क्षेत्रमा संघर्ष गर्दै गायिका:गौतम प्रकाश योगी