यी महिलाले ल्याइन पुरुष, पुरुष ल्याएपछि के भयो ?
सारांश
- काठमाडौं, २५ चैत ।
- हाम्रो समाजमा पुरुषले महिला ल्याएको त सबैलाई थाहा भएकै कुरा हो ।
- महिलाले पुरुष ल्याउन थालेपछि के भयो ?
काठमाडौं, २५ चैत । हाम्रो समाजमा पुरुषले महिला ल्याएको त सबैलाई थाहा भएकै कुरा हो । महिलाले पुरुष ल्याउन थालेपछि के भयो ? हो, वास्तवममै नेपालमा एक महिलाले पुरुष ल्याएकी छन् ।
कथाकार सरिता अर्यालको दोस्रो कथा संग्रह पुरुष शनिबार शिल्पी थिएटरमा विमोचन भएको छ । सांसद पम्फा भुसाल, कवयत्री कुन्ता शर्मा, सूचना आयुक्त यसोदा तिम्सिना, लेखक सरिता अर्याल, गुञ्जनकी अध्यक्ष हिरण्यकुमारी पाठक, सुष्मा ओमाका र स्मिता घिमिरेले पुस्तक संयुक्त रुपमा विमोचन गरेका थिए ।
समीक्षक महेश पौड्यालले अधिकांश कथामा महिला पुरुषबीच हुने प्रेम, बिछोड, पुरुषद्वारा प्रताडित महिलाका कथाव्यथा समेटिएको बताए । कथाकारले समाजमा घटिरहेका घटनाहरुलाई यथार्थपरक ढंगले प्रस्तुत गरेको उनले सुनाए । त्यसैगरी, अर्का वक्ता यसोदा तिम्सिनाले कथा पढ्दै जाँदा आफ्नै वरिपरि आफैले देखेका पात्रका कथा जस्तो लागेको बताइन् । कथाकार अर्यालले पुरुषको विराधकै लागि पुस्तकको नाम पुरुष नराखिएको स्पष्ट पारिन् ।
कार्यक्रमको सञ्चालन ममता शर्मा नेपालले गरेकी थिइन् । बिएन पुस्तक संसारले प्रकाशनमा ल्याएको उक्त पुस्तक १२४ पृष्ठको छ । यसको बजार मूल्य २२५ रहेको छ । 
प्रतिक्रिया