यस्तो बानीले दाम्पत्य जीवनमा फाटो ल्याउँछ

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १९, २०७३
|
|
३९० पटक हेरिएको
Shares
यस्तो बानीले दाम्पत्य जीवनमा फाटो ल्याउँछ

सारांश

  • बिवाहपछि पती-पत्नीको सम्बन्ध प्रेममय भइदिए, एकअर्काको भावना बुझिदिए, सुख र दुखमा समान सहभागी भइदिए दाम्पत्य जीवन कति सुमधुर हुन्थ्यो होला ।
  • तर, असमझदारी, असहयोग, आशंका, अविश्वास जस्ता तत्वले दाम्पत्य सम्बन्ध खल्लो बनाइदिन्छ ।
  • पढेलेखेका, जान्ने बुझ्ने भन्नेहरुको दाम्पत्य पनि धरापमा परेको उदाहरण प्रशस्तै पाइन्छ ।

बिवाहपछि पती-पत्नीको सम्बन्ध प्रेममय भइदिए, एकअर्काको भावना बुझिदिए, सुख र दुखमा समान सहभागी भइदिए दाम्पत्य जीवन कति सुमधुर हुन्थ्यो होला । तर, असमझदारी, असहयोग, आशंका, अविश्वास जस्ता तत्वले दाम्पत्य सम्बन्ध खल्लो बनाइदिन्छ ।
पढेलेखेका, जान्ने बुझ्ने भन्नेहरुको दाम्पत्य पनि धरापमा परेको उदाहरण प्रशस्तै पाइन्छ । किनभने हाम्रो कतिपय प्रवृत्ति, बानी, व्यवहार बिवाहपछि पनि बद्लिदैन । त्यही खराब प्रवृत्तिले दाम्पत्य सम्बन्धमा फाटो ल्याउँछ ।

१. झुट बोल्ने

यदाकदा आफ्नो बचाउको लागि वा राम्रै कामको लागि पनि हामी झुट बोल्न बाध्य हुन्छौ । तर, कतिको बानी झुट बोल्ने वा छल्ने किसिमको हुन्छ । उनीहरु यर्थाथलाई ढाकछोप गरेर झुटको साहारा लिन्छन् ।

जब पतिले पत्नी वा पत्नीले पतिलाई झुट बोलेर वास्तविकता लुकाउन थाल्छ । उनीहरुमा भ्रम पैदा हुन्छ । अविश्वास पैदा हुन्छ । एकले अर्कालाई विश्वास गर्ने वातावरण बन्दैन । यसले दाम्पत्य सम्बन्धलाई नराम्ररी थला पार्छ ।

२. बदल्ने प्रयास

हरेकको जन्मजात स्वभाव हुन्छ, खुबी हुन्छ । संसारमा जन्मिने कोहिपनि समान हुँदैनन् । तर, बिवाहपछि अक्सर पति/पत्नीले एकअर्कालाई आफु जस्तै बनाउने प्रयास गर्छन् । आफुले जो सोचिन्छ, जो बुझिन्छ त्यही नै पार्टनरले पनि सोच्नुपर्छ, बुझ्नुपर्छ भन्ने भावना धेरैमा हुन्छ । आफ्नो मर्जी अनुसार पार्टनरको स्वभाव, काम गर्ने तरिका बदल्न खोजिन्छ ।

यसले पारिवारिक सन्तुलन बिग्रन्छ । एकले अर्कालाई कम आँक्ने, हेला गर्ने प्रवृत्ति बन्छ । यहि कारण दाम्पत्य सम्बन्ध चिसिदै जान्छ ।

३. तुलना गर्ने

संसारमा कोहि कसैसँग तुलना हुनै सक्दैन । तर, बिवाहपछि पती-पत्नी एकअर्कासँग तुलना गर्न थाल्छन् । दोस्रो व्यक्तिसँग तुलना गर्दा आफ्नो पार्टनरको स्तरवृद्धि हुने होइन, बरु त्यसले मनोबल गिराउने काम गर्छ । कसैसँग आफ्नो पार्टनरलाई दाँजेर हेर्ने प्रवृत्तिले आफु स्वंमलाई दुखी र खिन्न तुल्याउँछ । पार्टनरप्रति अन्तुष्ट बनाउँछ ।

४. चियो चर्चा गर्ने

आफ्नो पार्टनरप्रति जहिल्यै शसंकित हुने प्रवृत्ति पनि कतिपयमा हुन्छ । पार्टनरको कुरामा शंका गर्ने, मोवाइल कल चेक गर्ने, म्यासेज पढ्ने, इमेल वा सोशल साइट्मा चासो राख्ने जस्ता बानीले दाम्पत्य सम्बन्ध मजबुद हुन दिदैन ।

५. अर्कोको सामु कुरा काट्ने

दोस्रो व्यक्ति वा परिवारका अन्य सदस्यका अगाडि आफ्नो पार्टनरको कुरा काट्ने बानीले दाम्पत्य जीवनमा नकारात्मक नतिजा दिन्छ । पार्टनरसँग रिस पोख्न वा आफुलाई राम्रो देखाउने वाहानामा पार्टनरलाई गिराएर वा होच्याएर अर्काको अगाडि कुरा नगरौं ।

६. आफ्नोलागि मात्र सोच्ने

बिवाहअघि हरेक कुराको निर्णय आफुलाई केन्द्रमा राखेर लिइन्छ । जस्तो, आफुलाई के गर्दा रमाइलो लाग्छ, कस्तो खानेकुरा मीठो लाग्छ, कहाँ घुम्न मन लाग्छ जस्ता कुरामा एकलौटी निर्णय लिन सकिन्छ । तर, बिवाहपछि यस्तो कुरामा पार्टनरको भावना पनि बुझ्नुपर्छ । हरेक कुराको निर्णय आफ्नै मर्जी अनुसार गर्नु हुन्न ।

(https://flossdental.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पन्ध्रौ प्रेमिकाको सन्तानको पिता बन्दै साहित्यकार मुकारुङ
पन्ध्रौ प्रेमिकाको सन्तानको पिता बन्दै साहित्यकार मुकारुङ
सिन्धुपाल्चोमा पुनः दोस्रो भुकम्पको धक्का महशुस
सिन्धुपाल्चोमा पुनः दोस्रो भुकम्पको धक्का महशुस
८८ किलो सुनको मालिका माओवादीका प्रभावशाली मन्त्री ! गृहमन्त्री र आईजीपी मौन
८८ किलो सुनको मालिका माओवादीका प्रभावशाली मन्त्री ! गृहमन्त्री र आईजीपी मौन
वोर्ड अध्यक्ष निकितासंग तस्विर पाेस्ट गरेर पुजाले के भनिन ?
वोर्ड अध्यक्ष निकितासंग तस्विर पाेस्ट गरेर पुजाले के भनिन ?
सात संगठनले गरेकाे बन्द निजी बिद्यालयहरू द्वारा अवज्ञा
सात संगठनले गरेकाे बन्द निजी बिद्यालयहरू द्वारा अवज्ञा
निजी क्षेत्रको लगानी उत्पादनमा केन्द्रित हुन जरुरी : अर्थमन्त्री महत
निजी क्षेत्रको लगानी उत्पादनमा केन्द्रित हुन जरुरी : अर्थमन्त्री महत
चिकित्सालयको नाममा काठ तस्करीको खेल
चिकित्सालयको नाममा काठ तस्करीको खेल
आसममा बाल विवाहविरुद्ध अभियान, करिब अठार सय पक्राउ
आसममा बाल विवाहविरुद्ध अभियान, करिब अठार सय पक्राउ
सङ्घीय समाजवादी फोरम नेपाल र हाम्रो कम्युनिष्ट पार्टी एकीकृत
सङ्घीय समाजवादी फोरम नेपाल र हाम्रो कम्युनिष्ट पार्टी एकीकृत
बुद्धका उपदेशले राष्ट्रिय एकता सुदृढ हुन्छ : राष्ट्रपति भण्डारी
बुद्धका उपदेशले राष्ट्रिय एकता सुदृढ हुन्छ : राष्ट्रपति भण्डारी