अब जेलभित्र कैदीका गतिविधि यसरी निगरानी गरिंदैछ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २९, २०७५
|
|
३१ पटक हेरिएको
Shares
अब जेलभित्र कैदीका गतिविधि यसरी निगरानी गरिंदैछ

सारांश

  • काठमाडौं ।
  • अबदेखि जेलमा पनि त्यहाँ भित्रको गतिविधिलाई हेर्न सिसिटिभी जडान शुरु भएको छ ।
  • कारागार व्यवस्था विभागले ५५ जेलमा सिसिटिभी राख्न लागेको हो ।

काठमाडौं । अबदेखि जेलमा पनि त्यहाँ भित्रको गतिविधिलाई हेर्न सिसिटिभी जडान शुरु भएको छ । कारागार व्यवस्था विभागले ५५ जेलमा सिसिटिभी राख्न लागेको हो ।

जेलभित्र हुने विभिन्न खालका गतिविधि रोक्न र सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न सिसिटिभी जोड्न लागिएको हो । देशका विभिन्न १५ वटा कारागारमा सिसिटिभी जडान भइसकेको छ । अझै थप ४० वटा कारागारमा जडान गर्न लागिएको हो ।

कारागारमा कैदीकैदीबीच झगडा, कुटाकुट हुने गरेको सुनिन्छ । यस्ता खालका गतिविधिलाई कम गर्न पनि सिसिटिभी राख्न लागिएको हो । जेलभित्र हुने अनियमितता, नराम्रा गतिविधि रोक्न सहयोग पुग्ने विभागले विश्वास लिएको छ । कतिपय कैदीहरुले जेलभित्रैबाट पनि अपराध गरेको सुनिएपछि सिसिटिभी राख्न थालिएको हो ।

जेलभित्र नाइके र चौकीदारले अन्य कैदीबन्दीलाई शोषण गर्ने गुनासो आएपछि सिसिटिभीमार्फत निगरानी गर्न यो काम थालिएको हो । कारागार सुधार अभियान सुरु भएपछि सिसिटिभीमार्फत कैदीहरूको गतिविधि निगरानी गर्न थालिएको कारागार व्यवस्था विभागले जनाएको छ ।

गृह मन्त्रालयले कारागार सुधारको अभियान शुरु गरिसकेको छ । विभागले २ सयभन्दा धेरै कैदीबन्दी रहेका कारागार छानेर सिसिटिभी राख्न लागेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?