योगेश भट्टराईले रु. ९० हजार फिर्ता गर्ने, यस्ताे छ कारण

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १, २०७५
|
|
४० पटक हेरिएको
Shares
योगेश भट्टराईले  रु. ९० हजार फिर्ता गर्ने, यस्ताे छ कारण

सारांश

  • काठमाडौं,१ पुस ।
  •  नेकपाका नेता योगेश भट्टराईकोे कान्तिपुर दैनिकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।
  • नेता भट्टराईले प्रेस वक्तव्य जारी गर्दै २०७५ मंसिर २९ गते कान्तिपुर दैनिकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

काठमाडौं,१ पुस । नेकपाका नेता योगेश भट्टराईकोे कान्तिपुर दैनिकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ । नेता भट्टराईले प्रेस वक्तव्य जारी गर्दै २०७५ मंसिर २९ गते कान्तिपुर दैनिकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

नेताले जारी गरेको प्रेस वत्तव्यमा भनिएको छ – २०७५ मंसिर २९ गते कान्तिपुर दैनिकमा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । संसद सचिवालयले काठमाडौंमा घर भएका र नभएका संसद सदस्यहरुको विवरण फारम भराउँदा मैले काठमाडांैमा आफ्नो घर भएको कुरा पहिले नै स्पष्ट रुपमा उल्लेख गरेको छु । सचिवालयले मागेको विवरण उपलब्ध गराउँदा गराउँदै पनि घर भाडा लिनेको सूचीमा मेरो नाम प्रकाशित हुँदा म आफैं आश्चर्यमा परेको छु ।

संसदीय क्षेत्रमा अनुभवको कमि तथा संसद सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुनगएकोमा म दुःख व्यक्त गर्दछु ।घरभाडा वापत मेरो नाममा जम्मा भएको २०७४ फागुनदेखि २०७५ मंसिरसम्म दश महिनाको रु. ९० हजार फिर्ता गर्न वा आउने महिनामा प्राप्त हुने पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई हार्दिक अनुरोध गर्दछु ।

लामो राजनीतिक यात्रा तय गरेर हिँडेको मजस्तो व्यक्तिबाट कुनै गैरकानुनी तथा गलत आचरणका कार्य नहुने कुरा पुनः प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । खोजपत्रकारिता केन्द्र, कान्तिपुर दैनिक तथा पत्रकार मकर श्रेष्ठले हामीलाई सचेत गराउँदै जनतालाई सुसूचित गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

(Adipex)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?