लुम्बिनी प्रदेश सरकार विस्तारमा ढिलाइ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २४, २०७९
|
|
४० पटक हेरिएको
Shares
लुम्बिनी प्रदेश सरकार विस्तारमा ढिलाइ

सारांश

  • देउखुरी ।
  • लुम्बिनी प्रदेश सरकार गठन भएको करिब एक महिना पुग्न लाग्दा पनि सरकारले अझै पूर्णता पाउन सकेको छैन ।
  • पुस २८ गते शपथ लिएसँगै मुख्यमन्त्री लीला गिरीले सोही दिन तीन सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए ।

देउखुरी । लुम्बिनी प्रदेश सरकार गठन भएको करिब एक महिना पुग्न लाग्दा पनि सरकारले अझै पूर्णता पाउन सकेको छैन । पुस २८ गते शपथ लिएसँगै मुख्यमन्त्री लीला गिरीले सोही दिन तीन सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए ।

मन्त्री बनेका अन्य दुईजना पनि बिना विभागीय रहेकानेकपा एमालेबाट चेतनारायण आचार्य र माओवादी केन्द्रबाट कृष्णा केसी बिना विभागीय मन्त्रीको रुपमा रहेका हुन्। पुस २७ गते नियुक्त मुख्यमन्त्री गिरीले प्रदेशसभाबाट माघ ५ गते विश्वासको मत लिएका थिए ।

विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहे पनि सत्ता साझेदार दल माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मातृशोक परेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो ।

मुख्यमन्त्री गिरीको सचिवालयका अनुसार राष्ट्रियसभाको निर्वाचनपछि सरकार विस्तार गर्ने तयारी छ । रिक्त राष्ट्रियसभाको निर्वाचन लुम्बिनी प्रदेशमा भोलि बुधबार हुँदैछ । माओवादी केन्द्र संसदीय दलका नेता महराले पनि राष्ट्रियसभाको निर्वाचनपछि मात्र सरकारले पूर्णता पाउने बताए ।

उनले भने, “मुख्यमन्त्रीलाई सत्ता गठबन्धनमा रहेका सबै दलसँग छलफल र सहमति गरेर सरकारलाई पूर्णता दिन भनेका छौँ।” सरकार विस्तार, सरकारको न्यूनतम साझा कार्यक्रमलगायत विषयमा मुख्यमन्त्री गिरीले साझेदार दलहरुसंग छलफल गरेको मुख्यमन्त्रीको सचिवालय सदस्य अमृत गिरीले जानकारी दिए । यसबीचमा प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री गिरीको भेटघाट पनि भएको थियो ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य भूमिश्वर ढकालले पनि भोलि हुने राष्ट्रियसभाको निर्वाचनलगत्तै प्रदेश सरकार विस्तार हुने बताए । उनले सरकारलाई समर्थन गरेका दलसँग सत्ता साझेदारीका विषयमा छलफल चलिरहेको र केही दिनमै अन्तिम टुङ्गो लगाएर छिट्टै सरकार विस्तारको तयारी भइरहेको जानकारी दिए । बिना विभागीय मन्त्री तथा सरकारका प्रवक्ता चेतनारायण आचार्यले अबको केही दिनभित्रमा नै मन्त्रिपरिषद्ले पूर्णता पाउनेमा जोड दिए ।

स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा तत्काल मन्त्रालय राख्ने र आवासको समेत व्यवस्थापन गर्नुपरेकाले केही ढिलाइ भएको उनको भनाइ थियो । यस प्रदेशमा मन्त्रालयको सङ्ख्यासमेत घटाइएकोले मुख्यमन्त्रीसहित प्रदेशमा १० मन्त्रालय रहनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युट्युवबाट घरमै बसेर महिनाको कम्तिमा ५० हजार कमाउने तरिका सिक्नुस्
युट्युवबाट घरमै बसेर महिनाको कम्तिमा ५० हजार कमाउने तरिका सिक्नुस्
जथाभावी राखिएका बस र टिकट काउन्टर हटाउन निर्देशन
जथाभावी राखिएका बस र टिकट काउन्टर हटाउन निर्देशन
घटिया संविधान संशोधन गर्नुपर्छ, होइन भने खारेज गराएर छाड्छौँ : उपेन्द्र यादव
फागुन ३ गते पत्रपत्रिकाहरुमा छापिएका  सम्पादकीय
फागुन ३ गते पत्रपत्रिकाहरुमा छापिएका सम्पादकीय
कोरोनाबाट मर्नेको संख्या ८२ हजार नाघ्यो, १४ लाख २८ हजार संक्रमित
कोरोनाबाट मर्नेको संख्या ८२ हजार नाघ्यो, १४ लाख २८ हजार संक्रमित
सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
चुस्त र ब्यबस्थित महाधिवेशनको तयारी गर्नुस् : कमल थापा
चुस्त र ब्यबस्थित महाधिवेशनको तयारी गर्नुस् : कमल थापा
झापाको क्याम्पामा नवीनले धुम मच्चाए।
झापाको क्याम्पामा नवीनले धुम मच्चाए।
एसएसपीहरुको सरुवा, काठमाडौं परिसरमा उत्तम सुवेदी, अपराध महाशाखामा सहकुल थापा
एसएसपीहरुको सरुवा, काठमाडौं परिसरमा उत्तम सुवेदी, अपराध महाशाखामा सहकुल थापा
आरडी बिजनेस ग्रुपको नया स्वास्थ्यवर्धक प्रोडक्ट “यार्साअमृत” नेपालि बजारमा 
आरडी बिजनेस ग्रुपको नया स्वास्थ्यवर्धक प्रोडक्ट “यार्साअमृत” नेपालि बजारमा